स्पेनिस ला लिगा फुटबल : काडिजमाथि ग्रानडाको जित
बुधबार राति भएको खेलमा ग्रानडाले काडिजलाई २–० गोल अन्तरले पराजित गरेको हो । ग्रनडाको जितमा मायर्तो उजुनी र ब्रायन जरागोजा मार्टिनेजले एक एक गोल गरेका थिए ।
काठमाडौं, पुस १९ : स्पेनिस ला लिगा फुटबलमा ग्रानडा विजयी भएको छ ।
बुधबार राति भएको खेलमा ग्रानडाले काडिजलाई २–० गोल अन्तरले पराजित गरेको हो । ग्रनडाको जितमा मायर्तो उजुनी र ब्रायन जरागोजा मार्टिनेजले एक एक गोल गरेका थिए ।
२२ औं मिनेटमा लुकास वोएको पासमा उजुनीले गोल गर्दै ग्रानडालाई अग्रता दिलाए । पहिलो हाफमा १ गोल गरेको ग्रानडाले दोस्रो हाफमा अरु १ गोल थपेको थियो ।
७० औं मिनेटमा कार्लोस नेभाको पासमा ब्रायन मार्टिनेजले गोल गरेपछि ग्रानडा २–० को सहज जित निकाल्न सफल भयो । जितपछि ग्रनडा ला लिगाको तालिकामा पुछारबाट दोस्रो स्थानमा छ भने काडिज पुछारबाट तेस्रो स्थानमा छ । ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित मिति: ०८:३८ बजे, बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)