Kathmandu Press

वायु प्रदुषणले घटाउँछ औसत तीन वर्ष आयु 

वायु प्रदुषणको महामारीले औसत तीन वर्ष आयु छोट्याउने नयाँ अध्ययनले देखाएको छ। प्रदुषणकै कारण ८८ लाखले अल्पायुमै जीवन पनि गुमाउने गरेको अध्ययनले देखाएको छ।  

....
वायु प्रदुषणले घटाउँछ औसत तीन वर्ष आयु 

वायु प्रदुषणको महामारीले औसत तीन वर्ष आयु छोट्याउने नयाँ अध्ययनले देखाएको छ। प्रदुषणकै कारण ८८ लाखले अल्पायुमै जीवन पनि गुमाउने गरेको अध्ययनले देखाएको छ।  

तेल, ग्याँस र कोइलाबाट उत्सर्जन हुने धुलोधुवाँ र कणले फोक्सोमा गम्भीर प्रभाव पार्दछ। यसलाई रोक्न सके एक वर्ष आयु थपिने कार्डियो भास्कुलर रिसर्च नामक जर्नलमा वैज्ञानिकहरूले उल्लेख गरेका छन्।

“सार्वजनिक स्वास्थ्यमा वायु प्रदुषण धुमपानभन्दा ठूलो जोखिम हो,” माइन्ज, जर्मनीस्थित म्याक्स प्लाङ्क इन्स्टिट्युटका जोस लेलिभेल्डले भने,“फोसिल फ्युलको साटो नवीकरणीय उर्जा प्रयोग गरेर धेरै जोखिम कम गर्न सकिन्छ।”

Hardik ivf

अल्पायुमै हुने मृत्युका अन्य कारणसँग तुलना गर्दा वायु प्रदुषणले प्रत्येक वर्ष औलोभन्दा १९ गुणा धेरैको ज्यान लिने गर्छ। एचआइभी/एड्सभन्दा नौ गुणा र मदिराको तुलनामा तीन गुणा धेरैको ज्यान वायु प्रदुषणले जाने अध्ययनमा पत्ता लागेको छ। तीमध्ये आधा जत्ति मुटुरोग तथा हृदयाघातका कारण र बाँकी धेरैजसोको मृत्यु फोक्सोसम्बन्धी रोग अनि मधुमेह तथा उच्च रक्तचाप जस्ता नसर्ने रोगले हुने गर्दछ।

वायु प्रदुषणले ६ प्रतिशतको मृत्यु हुने गर्छ, जसमा फोक्सोको क्यान्सर मुख्य कारण हो। “हाम्रो नतिजाले वायु प्रदुषणको महामारी भएको देखाउँछ,” इन्स्टिट्युटकै रसायन र मुटुविज्ञान विभागका थोमस मुञ्जेलले भने, “वायु प्रदुषण र धुमपान दुवै रोकथाम गर्न सकिन्छ तर गएका दशकहरूमा मुटुरोग विशेषज्ञहरूले वायु प्रदुषणलाई धुमपानभन्दा थोरै ध्यान दिएका छन्।”

एसिया सबैभन्दा धेरै प्रभावित छ। वायु प्रदुषणले चीनको औसत आयु ४.१ वर्ष, भारतमा ३.९ वर्ष र पाकिस्तानमा ३.८ वर्षले घटाएको छ। यी देशका केही भागमा विषाक्त वायुले अझ गम्भीर प्रभाव पारेको अन्य अनुसन्धानले देखाएको छ।

भारतको उत्तर प्रदेशको जनसंख्या २० करोड छ। त्यहाँको औसत आयु ८.५  वर्षले घटेको छ भने ७.४ करोड जनसंख्या भएको चीनको हेबेइ प्रान्तको औसत आयु ६ वर्षले घटेको एयर क्वालिटी लाइफ इन्डेक्सले जनाएको छ। अमेरिकाको इनर्जी पोलिसी इन्स्टिट्युट अफ शिकागोका अनुसन्धाताले उक्त इन्डेक्स विकास गरेका हुन्।

अफ्रिकाको औसत आयु पनि ३.१ वर्षले घटेको छ। चाड, सियरा लियोन, सेन्ट्रल अफ्रिकन रिपब्लिक, नाइजेरिया र कोट डिआइभोरजस्ता देशमा औसत आयु ४.४ देखि ७.३ वर्षले घटेको छ। धनी देशमध्ये सोभियत संघको पूर्व स्याटेलाइट राज्य विशेष गरि बुल्गेरिया, हंगेरी र रोमेनियामा खतरनाक प्रदुषण छ।

“अल्पायुमै हुने मृत्युमध्ये करिब दुई तिहाइ मानवीय प्रदुषण विशेषगरी फोसिल फ्युलको प्रयोगबाट हुने अनुसन्धानमा देखिएको छ,” मुञ्जेलले भने,“उच्च आय भएका देशमा यो ८० प्रतिशतसम्म पुग्छ। प्रदुषण कम गरे विश्वभरि वार्षिक ५५ लाखको ज्यान जोगाउन सकिन्छ।”

अमेरिका, पश्चिम र उत्तरी युरोप र साना द्वीप राज्यहरू विश्वका कम प्रभावित क्षेत्र हुन्। वायु प्रदुषणले रगत बग्ने नशा नष्ट गर्छन्। यसले रक्तचाप, मधुमेह, हृदयाघातको जोखिम बढाउँछ।
 

प्रकाशित मिति: ०७:४० बजे, मंगलबार, फागुन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्