Kathmandu Press

ओपनर तथा विकेट किपर ज्योति पाण्डेद्वारा राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्यास

प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय प्रतियोगिता फाइनल खेल खेलेसंगै एपीएफमा आवद्ध पाण्डेले सन्यास लिएकी हुन्। उनलाई उपाधि जितेपछि टियु क्रिकेट मैदानमा एपीएफको टोलीले सम्मान दिएको थियो।
ओपनर तथा विकेट किपर ज्योति पाण्डेद्वारा राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्यास

काठमाडाैं, पुस १८ : नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेट किपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्यास लिएकी छन्।

प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय प्रतियोगिता फाइनल खेल खेलेसंगै एपीएफमा आवद्ध पाण्डेले सन्यास लिएकी हुन्। उनलाई उपाधि जितेपछि टियु क्रिकेट मैदानमा एपीएफको टोलीले सम्मान दिएको थियो।

आफु देश छाडेर विदेश जान लागेकाले क्रिकेट करियर अन्त्य गरेको उनले बताइन् । टीम छोड्दा दुख लागेपनि आफ्नो आगामी दिनका लागि कठिन निर्णय गरेको उनको भनाइ छ।

उनले सन् २०१६ मा थाईल्यान्डमा भएको एसिसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर डेब्यू गरेकी थिइन्। 

प्रकाशित मिति: १६:२९ बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्