Kathmandu Press

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीकी कप्तान रुविना सर्वोत्कृष्ट खेलाडी

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीकी कप्तान रुविना सर्वोत्कृष्ट खेलाडी

काठमाडौं, पुस १८ : प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्। उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत हुन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्म्पन्न खेलमा कप्तान क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन्। उनले स्कुटर पुरस्कार प्राप्त गरिन्। 

यसैगरी गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनी उदियमान खेलाडी घोषित भइन्। उनले उपाधिसहित रु ५० हजार बराबरको क्रिकेट सामग्री प्राप्त गरिन्।

प्रतियोगितामा मधेश प्रदेशकी पूजा महतो उत्कृष्ट बलर छनोट भइन् भने गण्डकी प्रदेशकी सुमन खतिवडाले उत्कृष्ट ब्याटरको उपाधि पाइन्। दुवैजनाले जनही रु. ५० हजार पुरस्कार प्राप्त गरे। 

प्रकाशित मिति: १६:२६ बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्