Kathmandu Press

सुडानका प्रधानमन्त्री हामडोकमाथि आक्रमणको प्रयास

कायरो, फागुन २६ : सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकमाथि सुडानको राजधानी खार्तुममा आक्रमणको प्रयास भएको सुडानको सरकारी मिडियाले जनाएको छ। प्रध....

सुडानका प्रधानमन्त्री हामडोकमाथि आक्रमणको प्रयास

कायरो, फागुन २६ : सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकमाथि सुडानको राजधानी खार्तुममा आक्रमणको प्रयास भएको सुडानको सरकारी मिडियाले जनाएको छ। प्रधानमन्त्री चढेको सवारी साधनलाई लक्षित गरी राजधानी खार्तुममा विस्फोट गराइएको प्रहरीको भनाई छ।

प्रधानमन्त्री हामडोकको परिवारका अनुसार प्रधानमन्त्री सकुशल र सुरक्षित रहेका छन् । प्रधानमन्त्री कार्यालयतर्फ जाँदा बाटोमा बम विष्फोट गराइएको थियो। विस्फोटपछि तत्काल सुरक्षाकर्मीले उनलाई “सुरक्षित स्थलमा” लगेका थिए। 

Hardik ivf

उक्त आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन।

भिडियोमा प्रधानमन्त्री हामडोक चढेको सवारी साधनसहित दुईवटा सेता, जापानी सवारीसाधन सडकको किनारामा देखिएका थिए जसका झ्यालका शिशाहरु फुटेका थिए। विस्फोटमा अर्को एउटा गाडी नराम्ररी क्षतिग्रस्त भएको थियो।

प्रजातन्त्र समर्थकको चर्को दबाबबीच गत अगष्टमा हामडोक सुडानको प्रधानमन्त्री बनेका थिए। जनप्रदर्शन व्यापक बन्दै गएपछि सुडानको सेनाले गत अप्रिलमा तत्कालीन राष्ट्रपति ओमर अल बशीरलाई सत्ताच्यूत गरी सेनाले सत्ता आफ्नो हातमा लिएको थियो। 

महिनौंको छलफलपछि सेना र प्रजातन्त्रवादी आन्दोलनबीच गत अगस्टमा सत्ता–साझेदारी गर्नेगरी सम्झौता भएको थियो। सम्झौता अन्तर्गत ११ सदस्यीय संयुक्त सैन्य–नागरिक सार्वभौम परिषद स्थापना गरिएको थियो। परिषदले सुडानमा आगामी तीन वर्ष शासन सञ्चालन गर्ने र प्रधानमन्त्रीमा नागरिक प्रतिनिधिका रुपमा हामडोकलाई नियुक्त गर्ने सहमति भएको थियो। 

प्रकाशित मिति: १८:२३ बजे, सोमबार, फागुन २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्