Kathmandu Press

तेस्रो टेस्टको पहिलै दिन पाकिस्तान अलआउट

टस जितेर पहिला ब्याटिङ रोजेको पाहुना टोली पाकिस्तानले सिड्नी मैदानमा ३१३ रन बनाउँदै सवै विकेट गुमाउन पुग्यो। सुरुदेखि नै दबाबमा रहेको पाकिस्तानले ४७ रन बनाउँदा ४ विकेट गुमाएको थियो।
तेस्रो टेस्टको पहिलै दिन पाकिस्तान अलआउट

काठमाडौं, पुस १८ : सिरिज गुमाइसकेको पाकिस्तान अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलै दिन अल आउट भएको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको पाहुना टोली पाकिस्तानले सिड्नी मैदानमा ३१३ रन बनाउँदै सवै विकेट गुमाउन पुग्यो। सुरुदेखि नै दबाबमा रहेको पाकिस्तानले ४७ रन बनाउँदा ४ विकेट गुमाएको थियो। त्यसपछि पनि नियमित अन्तरमा विकेट गुमाउँदा अन्ततः पहिलो दिनको तेस्रो सेसनमा पुग्दा सवै विकेट गुमायो। पाकिस्तानले पहिलो दिनको निर्धारित ९० ओभर पनि खेल्न सकेन। ७७.१ ओभरमा खेल सकिएको थियो।

Hardik ivf

पाकिस्तानका ओपनरद्वय अब्दुल्लाह सफिक र सयम अयुब खाता नै नखोली आउट एका थिए। त्यसपछि कप्तान सान मक्सुदल र बाबर आजमले पारि अघि बढाए। तर, बाबर २६ रन बनाएर आउट भएका थिए। लगत्तै सउद साकेल पनि ५ रनमा आउट हुँदा पाकिस्तानले ४७ रनमा चौथो विकेट गुमायो।

मोहम्द रिजवान र आघा सलमानले ९४ रनको साझेदारी गर्दै परि अघि बढाएका थिए। रिजवान ८८ रन बनाएर आउट हुँदा पाकिस्तानले पाँचौं विकेट सुम्पिएको थियो। छैटौं विकेटको रुपमा साजिद खान १५ रन बनाएर आउट भएका थिए। मीर हम्जा र अमर जमेलले दोस्रो ठूलो साझेदारीको रुपमा अन्तिममा ८६ रनको गरे।

यो साझेदारीपछि पाकिस्तानको स्कोर ३१३ रन पुगेको हो। आघा सल्मान ५३ रन बनाएर आउट भएका थिए भने अमर जमेल ८२ रन बनाएर अन्तिम विकेटको रुपमा पभेलियन फर्किए। पहिलो दिननै पाकिस्तानलाई अल आउट गर्दा अस्ट्रेलियाका पाट कम्निसले सर्वाधिक ५ विकेट लिए। यसैगरी मिचेल स्टार्कले २ विकेट लँदा जोस हेजलवुड, नाथन लियोन र मिचेल मार्सले एक एक विकेट लिए। 

यसअघिका दुवै टेस्ट जित्दै अस्ट्रेलियाले सिरिज जितिसकेको छ। टेस्ट च्याम्पियनसिप अन्तर्गतको खेल भएकाले हरेक जित र हारको अंकको भने ठूलो महत्व रहेको छ।
 

प्रकाशित मिति: १३:४० बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्