Kathmandu Press

इंग्लिस प्रिमियर लिग : वेस्टह्याम र ब्राइटनले गोलरहितबराबरी खेले

दुबै टोलीले कुनै गोल नगर्दा खेल बराबरीमा टुंगिएको हो । बराबरी खेले पनि वेस्टह्याम अंक तालिकामा ब्राइटनभन्दा माथि छ। उसले २० खेलमा ३४ अंक जोडेर छैठौँ स्थानमा छ।
इंग्लिस प्रिमियर लिग : वेस्टह्याम र ब्राइटनले गोलरहितबराबरी खेले

काठमाडौं, पुस १८ : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् । 

दुबै टोलीले कुनै गोल नगर्दा खेल बराबरीमा टुंगिएको हो । बराबरी खेले पनि वेस्टह्याम अंक तालिकामा ब्राइटनभन्दा माथि छ। उसले २० खेलमा ३४ अंक जोडेर छैठौँ स्थानमा छ।

ब्राइटन समान खेलमा ३१ अंकसहित सातौँ स्थानमा छ। प्रिमियर लिगमा २० खेलमा ४५ अंकका साथ लिभरपुल शीर्ष स्थानमा छ।
 
प्रकाशित मिति: ०९:१३ बजे, बुधबार, पुस १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्