Kathmandu Press

पहिलो सातामै 'बागी ३' ले ५० करोड कमाउने अनुमान

काठमाडौं, फागुन २६ : बलिउड  अभिनेता टाइगर श्राफको फिल्म 'बागी ३' ले रिलिज भएको दुई दिनमै करिब ३३ करोड भारतीय रुपैयाँ कमाई गरेको छ।&n....

पहिलो सातामै 'बागी ३' ले ५० करोड कमाउने अनुमान

काठमाडौं, फागुन २६ : बलिउड  अभिनेता टाइगर श्राफको फिल्म 'बागी ३' ले रिलिज भएको दुई दिनमै करिब ३३ करोड भारतीय रुपैयाँ कमाई गरेको छ। 

फिल्म रिलिज भएको दिन शुक्रबार १७ देखि १८ करोड भारूको कमाइ गरेको वक्सअफिस इन्डियाले जनाएको छ। यसैगरी दोस्रो दिन १५ करोड पाँच लाखदेखि १६ करोड भारतीय रुपैयाँ कमाई गरेको छ।

अहमद खानद्वारा निर्देशित फिल्म ’बागी ३’ को कमाइको यही गतिमा रहने हो भने पहिलो सातामै ५० करोड भारतीय रुपैयाँ कट्ने अनुमान गरिएको छ। 

फिल्ममा टाइगरका अलावा श्रद्धा कपुर, रितेश देशमुख, जयदिप अलावत तथा विजय शर्मा आदिको अभिनय रहेको छ।

प्रकाशित मिति: १६:४६ बजे, सोमबार, फागुन २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्