Kathmandu Press

सलाह चम्किदा लिभरपुलको सानदार जित

सोमबार राति भएको खेलमा मोहम्मद सलाह चम्किएपछि लिभरपुलले न्यूक्यासल युनाइटेडमाथि ४–२ को सानदार जित निकाल्यो।
सलाह चम्किदा लिभरपुलको सानदार जित

काठमाडाैं, पुस १७ : इंग्लिस प्रिमियरमा लिभरपुलले सानदार जित निकालेको छ। सोमबार राति भएको खेलमा मोहम्मद सलाह चम्किएपछि लिभरपुलले न्यूक्यासल युनाइटेडमाथि ४–२ को सानदार जित निकाल्यो।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जिताउनका मोहम्मद सलाहले २ गोल गर्दा कर्टिस जोन्स र कोडी गाक्पोले पनि गोल गरे। न्युकासलका अलेक्जेन्डर इसाक र सेवेन बोटमन गोल गरे।

Hardik ivf

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। पहिलो हाफमै प्राप्त पेनाल्टीमा गोल गर्न नसक्दा लिभरपुले अग्रता लिने अवसर गुमाएको थियो। सलाहको प्रहार न्युकासलका गोलकिपरले बचाउ गरेका थिए। पहिलो हामै दुवै टिमका समान १ गोल भारमार्फत रद्द भएको थियो।

४९औं मिनेटमा सलाहले लिभरपुलाई अग्रता दिलाए। उनले डार्विन नुनेजको पासमा गोल गरेका थिए। ५४औं मिनेटमा इसाकले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए।

कर्टिस जोन्सले डिएगो जोटाको पासलाई सदुपयोग गर्दै ७४औं मिनेटमा गोल गर्दै लिभरपुललाई पुनः खेलमा अग्रता दिलाए। ७८औं मिनेटमा सलाहको पासमा गाक्पोले गोल गरेपछि लिभरपुलले ३–१को अग्रता लिाये।,

बोटमनले ८१औं मिनेटमा गोल गर्दै न्युकासलाई खेलमा फर्काउने प्रयास गरे। तर, ८६औं मिनेटमा प्राप्त पेनाल्टीमा सलाहले गोल गर्दै टिमलाई जित दिलाए। डिएगो जोटालाई न्युकासलका किपरले फाउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो।

जितसँगै शीर्ष स्थानमा लिभरपुलले ३ अंकको अग्रता बनाएको छ। उसले २० खेलबाट ४५ अंक बनाउँदा दोस्रो स्थानको  एस्टनभिल्लाको समान खेलबाट ४२ अंक छ । न्युक्यासल २९ अंकका साथ नवौं स्थानमा छ।

प्रकाशित मिति: ११:४७ बजे, मंगलबार, पुस १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्