कालोबजारी र उपभोग्य वस्तुको कृत्रिम अभाव रोक्न माग तरुण दलको माग
काठमाडाैं, फागुन २६ : नेपाल तरुण दलले कालोबजारी र बजारमा वस्तुको कृत्रिम अभाव रोक्न माग गरेको छ।
कारोना भाइरसको सम्भावित सङ....

काठमाडाैं, फागुन २६ : नेपाल तरुण दलले कालोबजारी र बजारमा वस्तुको कृत्रिम अभाव रोक्न माग गरेको छ।
कारोना भाइरसको सम्भावित सङ्क्रमणलाई लिएर बजारमा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, ग्यास, माक्स, औषधिलगायत अत्यावश्यक साम्रगीको अभाव र कालोबजारी देखिन थालेको भन्दै तरूण दलले नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको हो।
अध्यक्ष जितजङ्ग बस्नेतले सोमबार विज्ञप्ति जारी गरी कालोबजारी र कृत्रिम अभावको निगरानी गर्न तरुण दल केन्द्रिय समिति र सम्पूर्ण सदस्यलाई निर्देशन समेत दिएका छन्। छिमेकी मुलुक चीनबाट शुरु भएर विश्वका विभिन्न मुलुकमा माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरी सजग रहन तरुण दलले सबैमा आह्वान गरेको छ।
एक अर्कासँग भेट हुँदा, हार्दिकता साटासाट गर्दा हात नमिलाउन र नमस्कार भनेर सम्बोधन गर्न आग्रह गर्दै उनले विद्यालय विश्वविद्यालय जस्ता समूहमा बसेर अध्ययन अध्यापन हुने ठाउँमा विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्।
अध्यक्ष बस्नेतले कोरोना भाइरसबारे आम मानिसमा देखिएको त्रासलाई न्यूनीकरण गर्न, सम्बन्धित निकायबाट जारी गरेका आधिकारिक धारणा जानकारी गराएर समाजमा सचेतना फैलाउनेमा कार्यमा लाग्न सबैलाई अपील गरेका छन्।











