Kathmandu Press

भारतमा पनि ४१ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं, फागुन २६ : भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। सोमबार बिहानसम्म ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

केरला र कास....

भारतमा पनि ४१ जनामा कोरोना भाइरस संक्रमण
एजेन्सी

काठमाडौं, फागुन २६ : भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। सोमबार बिहानसम्म ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

केरला र कास्मीरमा एक–एक जनामा कोरोना भाइरस संक्रमित भेटिएसँगै ४१ पुगेको हो। केरालामा तीन वर्षीय बालकमा र कास्मीरमा ६३ वर्षीया बृद्धामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

आइतबार केराला मै पाँच जनामा संक्रमण भेटिएको थियो। इटालीबाट फर्किएका दम्पित्तीमा संक्रमण देखिएको थियो। उनीहरूका छिमेकीलाई पनि जाँच गर्दा संक्रमण देखिएको भारतीय सञ्चारमाध्मयले जनाएका छन्।

भारतमा संक्रमण देखिएका ४१ जनामध्ये १६ जना इटालीका नागरिक रहेका छन्। उनीहरू भारत भ्रमणमा आएका थिए।

त्यस्तै, जम्मु र काश्मीरमा पनि पहिलो पटक कोरोना भाइरस संक्रमण देखिएको हो। इरान भ्रमण गरेर आएकी बृद्धामा संक्रमण देखिएको जनाएको छ। उनको उपचार भइरहेको छ भने अवस्था स्थिर रहेको छ।

भारतले देशभर सतर्कता अपनाएको छ। असाममा तीन सय जनालाई क्वारेन्टाइनमा राखिएको छ। भुटानबाट फर्केका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको हो। उनीहरूसँगै यात्रा गरेका अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि क्वारेन्टाइनमा राखिएको जनाएको छ।

त्यस्तै, तामिलनाडुमा २७, महाराष्ट्रमा दुई सय ५८ जनालाई पनि क्वारेन्टाइनमा राखिएको थियो।

दिल्ली सरकारले सबै सार्वजनिक कार्यक्रम रद्द गरेको छ। र, सबैलाई सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेको छ।

भारतले कोरोना भाइरसको उपचारका लागि दिल्लीको एम्स अस्पताल तोकेको छ। देशका जुनसुकै भागमा कोरोना भाइरस संक्रमित भएपनि उनीहरूलाई उपचारका लागि एम्समा ल्याउने जनाएको छ। त्यस्तै, राज्य र ठूला शहरका अस्पताललाई पनि कोरोना भाइरसको उपचारका लागि तयारी अवस्थामा राखेको छ।

प्रकाशित मिति: ११:५४ बजे, सोमबार, फागुन २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्