Kathmandu Press

राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ देखि भक्तपुरमा

राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ देखि भक्तपुरमा

काठमाडौं, पुस १५ : नेपाल भारोत्तोलन संघको आयोजनामा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ गतेदेखि भक्तपुरमा आयोजना हुने भएको छ।

संघले आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी पुस २४, २५ र २६ गते राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने जानकारी दिएको हो। प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष÷महिला, युथ पुरुष÷महिलाको विभिन्न वजन समूहमा प्रतिष्पर्धा हुने बताइएको छ।

Hardik ivf

प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ९६, १०२, १०९ र १०९ भन्दा माथीको केजी समूहको प्रतिष्पर्धा हुने छ। त्यस्तैगरी युथ पुरुषमा ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुने संघका महासचिव तिलक बहादुर राउतले जानकारी दिए।

त्यसैगरी जुनियर तथा सिनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुनेछ भने युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी माथि तौल समूहका खेलहरु हुने उहाले बताए। प्रतियोगितामा महिलातर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० काँस्य गरी २७० पदक तथा पुरुष युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० काँस्य गरी २७० सहित कुल ५४० पदकको लागि प्रतिष्पर्धा हुने महासचिव राउतले जानकारी दिए।

त्यस्तै भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले खेलाडीहरुलाई आफ्नो क्षमता देखाउने अवसरका रुपमा प्रतियोगीता आयोजना गर्न लागिएको बताए। आर्थिक मन्दीका बेलमा पनि प्रतियोगीता गर्न लागेको भन्दै चूनौति भएपनि यसलाई निरन्तरता दिने उनले बताए।

प्रतियोगीतामा अन्दाजी २५० जना खेलाडीहरुले सहभागीता जनाउने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालन गर्न करिव ८६ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ। 

प्रकाशित मिति: १५:११ बजे, आइतबार, पुस १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्