Kathmandu Press

रियल मड्रिडले गुमायो शीर्ष स्थानमा उक्लिने मौका 

काठमाडौं, फागुन २६ : स्पेनिस ला लिगामा रियल मड्रिड रियल बेटिससँग हार व्यहोरेको छ । यो हारसँगै रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । रियल बेटिस....

रियल मड्रिडले गुमायो शीर्ष स्थानमा उक्लिने मौका 

काठमाडौं, फागुन २६ : स्पेनिस ला लिगामा रियल मड्रिड रियल बेटिससँग हार व्यहोरेको छ । यो हारसँगै रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । रियल बेटिसको मैदानमा भएको खेलमा रियल मड्रिड २/१ ले पराजित भएको थियो ।

घरेलु मैदानमा रियल मड्रिडलाई हराउनका लागि बेटिसका सिड्नेई र टेल्लोले एक/एक गोल गरेका थिए । खेलको ४० औं मिनेटमा सिड्नेईले गोल गर्दै रियल बेटिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा रियल मड्रिडका लागि करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गरेका थिए ।

तर, ८२ औं मिनेटमा टेल्लोले गोल गर्दै बेटिसलाई फेरी अग्रता दिलाएपछि रियल मड्रिडले पराजय भोग्नु परेको हो । बेटिससँगको हारसँगै रियल मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा दुई अङ्कले पछि परेको छ ।

शीर्ष स्थानको बार्सिलोनाको ५८ अङ्क छ भने रियलको ५६ अङ्क छ । रियल बेटिस भने ३३ अङ्क बनाएर तीन स्थान माथि उक्लिदै १२ औं स्थानमा पुगेको छ । 

प्रकाशित मिति: ०९:२३ बजे, सोमबार, फागुन २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्