Kathmandu Press

एकैपटक धेरै ग्यास भण्डारण नगर्न आयल निगमको आग्रह

काठमाडौं, फागुन २६ : नेपाल आयल निगमले ग्यासको अभाव नहुने भएकाले एकैपटक धेरै भण्डारण नगर्न आग्रह गरेको छ ।

निगमले एक सूचना प्रकाशित गरेर उपभो....

एकैपटक धेरै ग्यास भण्डारण नगर्न आयल निगमको आग्रह

काठमाडौं, फागुन २६ : नेपाल आयल निगमले ग्यासको अभाव नहुने भएकाले एकैपटक धेरै भण्डारण नगर्न आग्रह गरेको छ ।

निगमले एक सूचना प्रकाशित गरेर उपभोक्ताले ग्यास अभाव हुने डरका कारण घरमा रहेका सबै खाली सिलिण्डर भर्न खोज्दा उपभोक्ताको लाइन देखिएको भन्दै ग्यास अभाव नहुने बताएको छ ।

अहिले खाना पकाउने ग्यास उपभोगको औषत परिमाण ३८ हजार मेट्रिक टन रहेकोमा फागुन महिनादेखि ४५ हजार मेट्रिक टनका दरले आपूर्ति गर्ने व्यवस्था मिलाइसकेको निगमले बताएको छ ।

औषतभन्दा ७ हजार मेट्रिक टन ग्यास थप आयात हुने भएकाले बजारमा ग्यासको अभाव नहुने निगमको भनाई छ । 
 

प्रकाशित मिति: ०८:३१ बजे, सोमबार, फागुन २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्