प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमले गण्डकीलाई २४ रनले हरायो
काठमाडौं, पुस १४ : प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई २४ रनले हराएको छ।
सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले निर्धारित ओभरमा २ विकेट गुमाएर १०३ रनमात्रै बनाउन सक्यो।
गण्डकीका लागि सुमन खतिवडाले नटआउट ४९ रनको परि खेल्दा सिमाना केसीले १९ रन जोडिन्।
यस्तै, सिर्जना पौडेलले १५ रन बनाइन् भन् कुसम गोदाले १ रनको नटआउट पारि खेले पनि जित दिलाउन असफल भइन्।
गण्डकीकी सिमना केसी रिटायर्ड हट भएकी थिइन् भने सुदूरकी ऋतु कनौजिया र कविता जोशीले एक–एक विकेट लिए।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२७ रन बनाएको थियो। उसका लागि सम्झना खड्काले २६ रन बनाउँदा कप्तान ऋतुले नटआउट २१ रन बनाइन्। यस्तै रेवती धामी १८ रनमा रनआउट भइन् भने विन्दू रावलले १२ रन बनाइन्।
गण्डकीका लागि कुसुम गोदार र रचना चौधरीले दुई दुई विकेट लिँदा सुमन खतिवडाले एक विकेट लिइन्।
सुदूरपश्चिमले प्लेअफ खेल्ने छ भने गण्डकी भने प्रतियोगिताबाट बाहिरिएको छ। गण्डकीले यो प्रतियोगितामा १ खेलमा मात्रै जित निकालेको थियो।