Kathmandu Press

भाइचुङ भुटियाले सार्वजनिक गरे एनएसएलको ट्रफी

शुक्रबार साँझ दशरथ रंगशालामा भए कार्यक्रमबीच भुटियाले ट्रफी सार्वजनिक गरेका हुन्।
भाइचुङ भुटियाले सार्वजनिक गरे एनएसएलको ट्रफी

काठमाडाैं, पुस १३ : दोस्रो संस्करणको नेपाल सुपर लिगको ट्रफी चर्चित भारतीय पूर्वफुटबलर भाइचुङ भुटियाले सर्वाजनिक गरेका छन्। शुक्रबार साँझ दशरथ रंगशालामा भए कार्यक्रमबीच भुटियाले ट्रफी सार्वजनिक गरेका हुन्।

ट्रफी सर्वाजनिक कार्यक्रममा भुटियासँगै नेपाली राष्ट्रिय टिमका कप्तान किरणकुमार लिम्बु, अभिनेता दयाहाङ राई, एनएसएलका आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टका अध्यक्ष आश्रयता कार्की चौधरी र निर्देशक श्रेयांश कार्की उपस्थित थिए।

Hardik ivf

ट्रफी सर्वाजनिक गर्दै भुटियाले २६ वर्षपछि नेपाल आउन पाउँदा खुशी लागेको र नेपालमा धेरै कुरा परिवर्तन भएको बताए। उनी सन् १९९७ मा फुटबल खेल्न नेपाल आएका थिए।

एनएसएलको दोस्रो संस्करणको उपाधिका भोलि साँझ धनगढी एफसी र ललितपुर सिटी एफसी भीड्दै छन्। दुवै टिमले क्वालिफायरमा पोखरा थन्डर्सलाई हराउँदै फाइलनमा स्थान बनाएका हुन्।

९ टिम सहभागी प्रतियोगिताको विजेताले ट्रफी र नगद ७० लाख पुरस्कार पाउनेछ भने उपविजेताले नगद २० लाख पाउनेछ।

प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, पुस १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्