मनाङ मस्र्याङदी आहा रारा गोल्डकपको सेमिफाइनलमा
काठमाडौं, फागुन २६ : मनाङ मस्र्याङदी क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतब....

काठमाडौं, फागुन २६ : मनाङ मस्र्याङदी क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार झापा–११ फुटबल क्लबमाथि १–० को साँघुरो अन्तरको जित निकाल्दै मनाङ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल भयो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएकामा खेलको ७६औँ मिनेटमा अन्जन विष्टको गोलमार्फत मनाङले खेलमा अग्रता लियो । मैदानको दायाँ भागबाट आएको बललाई विष्टले डिबक्स नजिकबाट दोस्रो बारमा प्रहार गरेको बलले जाली चुमेको थियो ।
खेलमा विष्टको एक मात्र गोल नै निर्णायक बन्यो र झापा प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरियो । सेमिफाइनलमा अब मनाङले त्रिभुवन आर्मी क्लब र सङ्कटाबीचको खेलको विजेतासँग खेल्नेछ । खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका प्राप्त गरे पनि सदुपयोग गर्न सकेनन् ।
खेलमा निर्णायक गोलकर्ता मनाङका विष्ट ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु पाँच हजार तथा ट्रफी पुरस्कार प्राप्त गर्नुभयो ।











