Kathmandu Press

पोखरालाई हराउँदै ललितपुर एनएसएलको फाइनलमा

बिहीबार साँझ दशरथ रंगशालामा भएको दोस्रो प्लेअफमा पोखरा थन्डर्सलाई अतिरिक्त समयमा २–१ले हराउँदै ललितपुर फाइनलमा प्रवेश गरको हो।
पोखरालाई हराउँदै ललितपुर एनएसएलको फाइनलमा

काठमाडौं, पुस १२ : ललितपुर सिटी एफसी दोस्रो संस्करणको नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको दोस्रो प्लेअफमा पोखरा थन्डर्सलाई अतिरिक्त समयमा २–१ले हराउँदै ललितपुर फाइनलमा प्रवेश गरको हो।

ललितपुरलाई जित दिलाउन इमो इजिकेल र कुशल देउवाले गोल गरे भने पोखराका लागि स्टेफन एनोरले गोल गरेका थिए।

Hardik ivf

निकै प्रतिस्पधात्मक बनेको खेलमा ललितपुर ३३औं मिनेटमै १० खेलाडीमा समेटियो। पोखराका आयुष घलानमाथि खराब ट्याकल गरेपछि ललितपुरका निखिल कदमले रातो कार्ड पाएका थिए।

१० खेलाडीमा समेटिए पनि अग्रता भने ललितपुरले नै लियो। ४५औं मिनेटमा काउन्टरमा इजिकेलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए। ७१औं मिनेटमा पोखराले बराबरी गोल फर्कायो। उसका एनोरले गोल गरेका थिए।

त्यसपछि गोल नहुँदा निर्धारित समयको खेल १–१को बराबरीमा सकियो। थप गरिएको ३० मिनेटको समयमा गोल गर्दै ललितपुर फाइनलमा पुग्यो। उसका कुशल देउवालले ९९औं मिनेटमा गोल गरेका थिए।

लिगमा विजेता हुँदै प्लेअफमा पुगेको पोखरा क्वालिफायरका दुवै खेलमा पराजित हुँदै फाइनल पुग्न असफल भयो। यता, ललितपुर भने एलिमिनेटरमा काठमाडौं रेजर्सलाई हराउँदै क्वालिफायरमा पुगेको थियो।

अब ललितपुरले उपाधिका लागि धनगढी एफसीसँग खेल्ने छ। धनगढी पहिलो क्वालिफायरमा पोखरालाई हराउँदै फाइनल पुगेको हो।

प्रकाशित मिति: २०:३६ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्