लामिछानेविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा
न्यायाधीश शिशिरराज ढकालको इजलासमा पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा शुक्रबार सुनुवाइ हुने भएको हो।काठमाडौं, पुस १२ : जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा शुक्रबार सुनुवाइ हुने भएको हो।
सरकारी वकिल र गौशाला २६ को तर्फबाट कानुन व्यवसायीहरुको बहसपछि बिहीबार सन्दीपका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए।
बहस नसकिएकाले शुक्रबार पनि सन्दीपका कानून व्यवसायीहरुले पालो पाउनेछन्। सन्दीपका कानून व्यवसायीहरुको बहसपछि सरकारी वकिलले जवाफी बहस गर्ने पालो पाउनेछन् ।
यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेशसमेत गरेको थियो।