प्रधानमन्त्री ओलीलाई दिन थालियो नियमित सन्तुलित आहार
काठमाडौं, फागुन २५ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
अस्पतालका कार्य....

काठमाडौं, फागुन २५ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आइतबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीलाई हिँडडुल गराउन र सन्तुलित आहार दिन थालिएको जानकारी दिएका छन्। उनका अनुसार प्रधानमन्त्रीको भाइटल तथा ल्याब सामान्य छ। उनले मिर्गौला प्रत्यारोपणको पाँचौँ दिन प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको बताए।
यस्तै, प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने उनकी भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य पनि राम्रो हुँदै गएको त्रिवि शिक्षण अस्पतालले जनाइएको छ। प्रधानमन्त्री ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको पुनः प्रत्यारोपण गरिएको थियो।











