Kathmandu Press

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै कोशी प्लेअफमा

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै कोशी प्लेअफमा

काठमाडौं, पुस १२ : प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोसी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ। याेसँगै काेशी प्लेअफमा प्रवेश गरेकाे छ। काेशीकाे छ खेलमा याे पाँचाैं जित हाे।

सुदूरपश्चिमले दिएको एक सय १९ रनको लक्ष्यलाई कोसी प्रदेशले १७ दशमलव ४ ओभरमा दुई विकेट गुमाउदै पूरा गर्‍यो। कोसीको जितमा काजल श्रेष्ठ र कप्तान रुबीना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे।

Hardik ivf

काजलले ४८ बलमा  आठ चौकाको मद्दतमा ५४ रन बनाइन भने रुबिनाले ५५ बल खेल्दै आठ चौकाको मद्धतमा ५१ रनको योगदान गरिन्। बिमला मलाहले ४ रन जोडिन्।  सुदुरपश्चिमकी अनु कठायतले दुई विकेट लिइन्। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै एक सय १८ रनको योगफल बनाएको थियो। सुदूरपश्चिमको लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्। 

त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन। रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन्। बलिङतर्फ कोसी प्रदेशकी सबनम राई र अपसरी बेगमले समान एक एक विकेट लिएका थिए।

प्रकाशित मिति: १२:४९ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्