Kathmandu Press

एभर्टनमाथि म्यानचेस्टर सिटीकाे जित

म्यानचेस्टर सिटीले यस खेलको पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा कम ब्याक गर्दै जित हासिल गरेको थियो । 
एभर्टनमाथि म्यानचेस्टर सिटीकाे जित

काठमाडौं, पुस १२ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 

म्यानचेस्टर सिटीले यस खेलको पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा कम ब्याक गर्दै जित हासिल गरेको थियो । 

Hardik ivf

म्यानचेस्टर सिटीका लागि फिल फोडेन, जुलियन अल्भारेज र बेर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि ज्याक हारिसनले एक गोल गरेका थिए । 

यो जितपछि म्यानचेस्टर सिटीको १८ खेलमा ३७ अंकसहित चौथो स्थानमा उक्लिएको छ । त्यस्तै एभर्टनको यो हारपछि १९ खेलमा १६ अंक रहेको छ र लिगमा १७ औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति: ०८:०८ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्