Kathmandu Press

क्रिष्टल प्यालेसविरुद्ध चेल्सीको कठिन जित

एक–एक गोलको बराबरीतर्फ उन्मुख खेलमा चेल्सीले ८९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै २–१ को नतिजा निकालेको हो । मिखेलो मुडरेकले १३ औं मिनेटमा मालो गुट्सोको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
क्रिष्टल प्यालेसविरुद्ध चेल्सीको कठिन जित

काठमाडौं, पुस १२ : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेस विरुद्ध कठिन जित निकालेको छ । 

एक–एक गोलको बराबरीतर्फ उन्मुख खेलमा चेल्सीले ८९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै २–१ को नतिजा निकालेको हो । मिखेलो मुडरेकले १३ औं मिनेटमा मालो गुट्सोको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा क्रिष्टलले बराबरी गरेको थियो । 

Hardik ivf

जाडोर्न अवेइको पासमा मिचले वलिसले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । अन्तिमसम्म यही नतिजा रहने सम्भावना रहे पनि ८५ औं मिनेट क्रिष्टलका खेलाडीले खराब ट्याकल गर्दा भारको सहायताले पेनाल्टी दिइएको थियो । 

८९ औं मिनेटमा चुकुवुनोन्सो ट्रिस्टन मडुकेले गोल गर्दै अन्ततः चेल्सीलाई २–१ को जित दिलाए । जितसँगै चेल्सी प्रिमियर लिग तालिकामा २५ अंकका साथ दशौं स्थानमा रहेको छ । पराजित भएको क्रिष्टल भने १८ अंकका साथ १५ औं स्थानमा छ ।
 

प्रकाशित मिति: ०८:०१ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्