Kathmandu Press

एनएसएल : डिफेन्डिङ च्याम्पियन काठमाडौं बाहिरियो, ललितपुर क्वालिफायरमा

मंगलबार दशरथ रंगशालामा भएको खेलमा ललितपुर सिटी एफसीसँग ३–०ले पराजित हुँदै काठमाडौं प्रतियोगिताबट बाहिरिएको हो।
एनएसएल : डिफेन्डिङ च्याम्पियन काठमाडौं बाहिरियो, ललितपुर क्वालिफायरमा

काठमाडौं, पुस १० : डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स दोस्रो संस्करणको नेपाल सुपर लिगको एलिमिनेटरबाट बाहिरिएको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा ललितपुर सिटी एफसीसँग ३–०ले पराजित हुँदै काठमाडौं प्रतियोगिताबट बाहिरिएको हो।

अब ललितपुरले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित पोखरा थन्डर्ससँग खेल्नेछ। पोखरा सोमबार धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

ललितपुरलाई जित दिलाउन इमो इजेकेलले २ गोल गरे भने पापा इबोकेबेले १ गोल गरे। एनसएसएलमा ललितपुरले पहिलो पटक काठमाडौंलाई हराएको हो।

३६औं मिनेटमा इजिकेलको गोलमा ललितपुर सुरुआती अग्रता लियो। ४४ ‍औं मिनेटमा इबोकेबेले गोल गर्दै पहिलो हाफमा लतिलपुरलाई २–०को अग्रता दिलाए। ५२औं मिनेटमा इजिकेलले गोल गरेपछि ललितपुर ३–०ले विजयी भयो।

 

प्रकाशित मिति: १९:४२ बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्