Kathmandu Press

मनिषा कोइराला अब नेटफ्लिक्स फिल्ममा

काठमाडौं, फागुन २५ : बलिउड अभिनेत्री मनिषा कोइराला छिट्टै नेटफ्लिक्समा देखिने भएकी छन्। उनको फिल्म ‘मस्का’मा नेटफ्लिक्समा आउन लागेकाे हाे।....

मनिषा कोइराला अब नेटफ्लिक्स फिल्ममा

काठमाडौं, फागुन २५ : बलिउड अभिनेत्री मनिषा कोइराला छिट्टै नेटफ्लिक्समा देखिने भएकी छन्। उनको फिल्म ‘मस्का’मा नेटफ्लिक्समा आउन लागेकाे हाे।

यसअघि ‘लस्ट स्टोरिज’मा काम गरेकी मनिषा ‘मस्का’मा एक पारसीकी आमा डायनाको भूमिका निभाउँदै छिन्। फिल्मबारे कुरा गर्दै मनिषाले भनेकी छन्, ‘म एक विलक्षण पारसी महिलाको भूमिकामा खेल्दै छु। जसको छोरा अफ ट्रयाक गएको हुन्छ।’

Hardik ivf

उनले यसमा आफूले सक्दो मेहनत गर्ने बताएकी छन्। ‘म पारसी संस्कृतिको जरा र विरासत संरक्षण गर्न कोशिस गर्दै छु,’ मनिषाले भनेकी छन्, ‘मेरो चरित्र उनको इरानी क्याफे र रेस्टुरेन्टहरू संरक्षण गर्न चाहन्छ। किनकि, उनी आफ्नो पतिको विरासतलाई नास हुनदिन चाहन्न्।’

यस फिल्मा मनिषासँगै प्रित कमानी, शर्ली सेतिया र निकिता दत्तलगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ।

क्यान्सरबाट निको भएपछि उनी फेरि फिल्म खेल्न थालेकी हुन्। उनले नेपाली फिल्ममा पनि काम गरेकी छन्।

नेपालमा ‘भेरि फेटौंला’बाट डेब्यू गरेकी मनिषाले ‘सौदागर’बाट बलिउडमा पाइला टेकेकी थिइन्। उनले ‘१९४२ : अ लभ स्टोरी’, ‘एक खामोसी लभ स्टोरी’, ‘अकेले हम अकेले तुम’, ‘दिल से’लगायत चर्चित फिल्म खेलेकी छन्।

 

प्रकाशित मिति: १४:१८ बजे, आइतबार, फागुन २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्