Kathmandu Press

इटालीमा डेढ करोड बढी मानिस ‘अनिवार्य क्वारेन्टाइन’मा, बिहे र अन्त्येष्टि पनि रोकिए

काठमाडौं, फागुन २५ : कोरोना भाइरसको संक्रमण फैलिएपछि इटालीमा एक करोड ६० लाख मानिस ‘अनिवार्य क्वारेन्टाइन’मा बसेका छन्।

इटालीका प....

इटालीमा डेढ करोड बढी मानिस ‘अनिवार्य क्वारेन्टाइन’मा, बिहे र अन्त्येष्टि पनि रोकिए

काठमाडौं, फागुन २५ : कोरोना भाइरसको संक्रमण फैलिएपछि इटालीमा एक करोड ६० लाख मानिस ‘अनिवार्य क्वारेन्टाइन’मा बसेका छन्।

इटालीका प्रधानमन्त्री गुसेप कन्टेले १४ वटा राज्यका एक करोड ६० लाख मानिसलाई अप्रिल पहिलो सातासम्म ‘अनिवार्य क्वारेन्टाइन’मा राखिएको जनाएका छन्। जीम, पुल हाउस, म्युजियम र स्कि रिसोर्ट बन्द गरिएका छन्।

त्यस्तै, विवाह र अन्त्यष्टि पनि रोकिएको छ। नागरिकलाई आफ्नै घरमा ‘अनिवार्य क्वारेन्टाइन’मा राखिएपछि बिहे र अन्त्यष्टि पनि रोकिएको जनाएको छ।

स्कुल, कलेज र विश्वविद्यालय पनि बन्द गरिएको छ। सबै सार्वजनिक कार्यक्रममा रोक लगाएको छ भने बार र रेस्टुरेन्ट पनि बन्द गरिएको छ। सबैलाई एक मिटरको दूरीमा बस्न आग्रह गरिएको छ। स्वास्थ्यकर्मीलाई बिदामा नबस्न आग्रह गरिएको छ।

इटालीमा एकै दिन ५० जनाको मृत्यु भएको छ। आइतबार बिहानसम्म तीन सय ३३ जनाको मृत्यु भएको जनाएको छ।

त्यस्तै, संक्रमितको संख्या पनि अत्यधिक बढेको छ। शुक्रबारसम्म एक हजार दुई सय संक्रमित थिए भने आइतबार बिहानसम्म पाँच हजार आठ सय ८३ जना पुगेका छन्।

आइतबार बिहानसम्म संसारभर तीन हजार पाँच सय ९५ जनाको मृत्यु भएको छ। जसमा सबैभन्दा बढी तीन हजार ९७ जना चीनमा रहेका छन्।

चीनपछि सबैभन्दा बढी इटालीमा दुई सय ३३ जनाको मृत्यु भएको हो। त्यस्तै, इरानमा एक सय ४५, दक्षिण कोरिया ४६, अमेरिकामा १९, फ्रान्समा १६, जापानमा १३, स्पेनमा १० र इराकमा चार जनाको मृत्यु भएको छ।

त्यस्तै, हङकङ, बेलायत र अस्ट्रेलियामा दुई–दुई तथा ताइवान, थाइल्यान्ड, फिलिपिन्स, स्वीट्जरल्यान्ड, अर्जेन्टिना र नेदरल्यान्डमा एक–एक जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

अहिलेसम्म ८६ देशमा एक लाख पाँच हजार दुई सय ८३ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। त्इसमा ८० हजार ६ सय ९५ चीनमा रहेका छन्।

प्रकाशित मिति: ११:१६ बजे, आइतबार, फागुन २५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्