Kathmandu Press

पोखरालाई पेनाल्टीमा हराउँदै धनगढी फाइलनमा

सोमबार दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ले हराउँदै धनगढीले लागतार दोस्रो सिजन पनि फाइलनमा स्थान बनायो।
पोखरालाई पेनाल्टीमा हराउँदै धनगढी फाइलनमा

काठमाडौं, पुस ९ : निकै प्रतिस्पर्धात्मक बनेको क्वालिफायर १मा जित निकाल्दै धनगढी एफसी लगातार दोस्रो पटक नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेकोछ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ले हराउँदै धनगढीले लागतार दोस्रो सिजन पनि फाइलनमा स्थान बनायो। धनगढी खेलमा २ पटकपछि परेको अवस्था उल्टाउँदै फाइलन पुगेको हो।

Hardik ivf

निर्धारित समय र थप गरिएको ३० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो।

पेनाल्टीमा धनगढीका गोलकिपर मोहम्मद ताहाले २ पेनाल्टी बनाउँदै टिमलाई फाइनल पु¥याए। पेनाल्टीमा ताहाले मोसेस गाम्बा र मार्की खेलाडी आयुष घलानको प्रहार बताएका थिए।

पोनाल्टीमा धनगढीका आशिष चौधरी, देवेन्द्र तामाङ, रिचार्ड आगेमन, फोडे फोफानाले गोल गरेका थिए। उसका मोहम्मद हिजाजीको प्रहार भने पोखराका गोलकिपरले रोकेका थिए। यता, पोखराका दिनेश राजवंशी, अञ्जल महर्जन र सुरजजिउ ठकुरीले गोल गरेका थिए।

खेलको निर्धारित समय भने १–१ गोलको बराबरीमा गएको थियो। खेलको पाँचौं मिनेटमै आयुष घनालको गोलमा पोखराले अग्रता लिएको थियो। तर ५४औं कप्तान देवेन्द्र तामाङले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए।

त्यसपछि गोल नहुँदा खेल अतिरिक्त समयतर्फ गयो। थप गरिएको समयमा पनि अग्रता पोखराले नै लियो। १०४औं मिनेटमा उसका स्टेफन एनोरले गोल गरेका थिए। तर, फेरि धनगढीले कमब्याक ग¥यो। थप गरिएको समयको अन्तिम समयमा हिजाजीले गोल गर्दै धनगढीलाई खेलमा फर्काएका थिए।

अब धनगढीले उपाधिका लागि एलिमिनेटरको विजेता र पोखराबीचको खेलेका विजेतासँग खेल्नेछ। पहिलो सिजन धनगढी फाइलनमा काठमाडौं रेजर्ससँग चुकेको थियो।

प्रकाशित मिति: २०:३३ बजे, सोमबार, पुस ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्