Kathmandu Press

प्रधानमन्त्री कप महिला क्रिकेट : एपिएफकाे लगातार चाैथाे जित

प्रधानमन्त्री कप महिला क्रिकेट : एपिएफकाे लगातार चाैथाे जित

काठमाडाैं, पुस ९ : प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा एपिएफले लगातार चाैथाे जित निकालेकाे छ। साेमबारकाे खेलमा एपिएफले कोशी प्रदेशलाई आठ विकेटले पराजित गरेसँगै चाैथाे जित हात परेकाे हाे।प्रतियोगितामा आफूले खेलेका चारवटै खेल जित्ने एक मात्र टोली पनि एपिएफ बनेको छ।

एपीएफसँग पराजित भएपछि कोशीको विजयी यात्रा टुंगिएको छ। कोशीले तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ। टस जिती पहिले ब्याटिङको निर्णय लिएको कोशी प्रदेशले निर्धारित ओभरमा दुई विकेट गुमाएर ८४ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले १७.३ ओभरमा केवल दुई विकेट गुमाएर ९० रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो। 

Hardik ivf

सोमबार भएको अर्काे खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ३० रनले हराएको छ। जारी प्रतियोगितामा चार खेल खेलेको लुम्बिनी प्रदेशको यो दोस्रो जित हो। दुई खेलमा भने लुम्बिनी प्रदेश पराजित भएको छ। चार खेल खेलेको कर्णाली प्रदेशको भने यो लगातार चौथो हार हो। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय तीन रनमात्र बनाउन सक्यो।

यस्तै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले पहिलो जित हात पारेको छ। गण्डकी प्रदेशलाई २७ रनले हराउँदै मधेशले पहिलो जित हात पारेको हो। मधेशले दिएको ११३ रनको लक्ष्य पछ्याएको गण्डकी १९.४ ओभरमा ८५ रनमा अलआउट भएको हो। गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक ४२ रन बनाइन्। सृष्टि जैशीले ३४ बलमा १ चौकासहति १५ रन बनाइन् भने अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन्। मधेशका लागि पुजा महतोले सर्वाधिक ३ विकेट लिइन्। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको थियो।

यसैगरी प्रतियोगिताम सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशमाथि ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको बागमती प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८७ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले १९ ओभरमा केवल चार विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो।

 

प्रकाशित मिति: १७:०५ बजे, सोमबार, पुस ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्