Kathmandu Press

मेस्सीको गोलमा स्पेनिस ला लिगाको शीर्ष स्थानमा बार्सिलोना 

काठमाडौं, फागुन २५ : स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोल ....

मेस्सीको गोलमा स्पेनिस ला लिगाको शीर्ष स्थानमा बार्सिलोना 

काठमाडौं, फागुन २५ : स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गएको हो ।

खेलको ८१ औ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाए । सोसिडाडका रोबिन डी नर्मान्डको ह्याण्ड बलमा बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो ।

जितसँग बार्सिलोना ५८ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।  दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक छ  सोसिडाड ४३ अंक सहित तालिकाको छैटौ स्थानमा यथावत छ ।

प्रकाशित मिति: ०७:४७ बजे, आइतबार, फागुन २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्