Kathmandu Press

प्रधानमन्त्री कप क्रिकेट : एपिएफको तेस्रो जित

प्रधानमन्त्री कप क्रिकेट : एपिएफको तेस्रो जित

काठमाडौं, पुस ८ : सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ। नेपाली महिला क्रिकेट टोलीकी कप्तानसमेत रहेकी इन्दु वर्माको उत्कृष्ट प्रदर्शनमा एपिएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो। 

एपिएफले यसअघि मधेस प्रदेशलाई १० विकेटले हराएको थियो भने सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो। एपिएफ ३ खेलमा ६ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा छ। कोशी प्रदेशको समान ६ अंक भए पनि नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ।

Hardik ivf

जितका लागि १ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रनको योगफल बनायो। लुम्बिनीको लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रन बनाइन्। उनले ४९ बलमा २ चौकासहित २८ रन बनाइन्। त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एपिएफकी इन्दु वर्माले ३ विकेट लिइन्। त्यस्तै विनु बुढाले २ विकेट लिइन् भने रेखा रावल, करुणा भण्डारी र सीता रानामगरले समान १र१ विकेट लिए। त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रनको योगफल बनाएको थियो। एपिएफको जितमा इन्दु वर्माले सर्वाधिक ७० रनको योगदान दिइन्। उनले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिएकी हुन्। त्यस्तै ममता चौधरीले ५८ बलमा ५ चौकासहित ५९ रन बनाइन्।

त्यसैगरी कप्तान सीता रानामगरले ९, रोमा थापाले ३ तथा राजमति ऐरीले २ रन बनाइन्। लुम्बिनीका लागि सरस्वती पुन र शर्मिला रोकाले समान एकरएक विकेट लिइए। 

प्रकाशित मिति: १४:३० बजे, आइतबार, पुस ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्