Kathmandu Press

पुलिस क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं, फागुन २५ : नेपाल पुलिस क्लबले पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

पुलिस क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं, फागुन २५ : नेपाल पुलिस क्लबले पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

पोखरा रङ्गशालामा शनिवार भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरी विभागीय टोली पुलिस क्लबले प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । टाइब्रेकरमा  पुलिसका भरत शाह, हेम तामाङ, सुमन सुवेदी र सौजन योक्काहा राईको प्रहार गोलमा परिणत हुँदा अनुप लिम्बूको प्रहार सहाराका गोलकिपर अर्पण कार्कीले रोक्न सफल भएका थिए ।

सहाराका आशिष गुरुङ र अजय श्रेष्ठले मात्र गोल गरे। विदेशी खेलाडी उल्रिचको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले बचाउनुभयो भने त्रिदेव गुरुङको प्रहार पोष्टमाथिबाट बाहिर गएको थियो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएकामा पुलिसले खेलको ७८औँ मिनेटमा भरत शाहको गोलमार्फत अग्रता बनायो । पुलिस खेलमा जित नजिक पुगेको अवस्थामा नियमित समयको थप गरिएको चार मिनेटको समयमा अन्तिम मिनेटमा घरेलु टोली सहाराले बराबरी गोल फर्कायो । सहाराका वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएका अजय श्रेष्ठले प्रमेश गुरुङको पास सदुपयोग गर्दैै गोल गरे ।

नियमित समयपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले थप गोल गर्न असफल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।  खेलको ११९औँ मिनेटमा पुलिसका कप्तान भोला सिलवाल दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिँदा पुलिस १० खेलाडीमा सीमित भएको थियो ।

खेलमा पुुलिस क्लबका गोलकिपर खड्का ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु पाँच हजार तथा ट्रफी पुरस्कार प्राप्त गरे । आगामी चैत १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । 

प्रकाशित मिति: ०६:१७ बजे, आइतबार, फागुन २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्