Kathmandu Press

सन्दीपको मुद्दा शिशिर ढकालको इजलासमा

सन्दीप विरुद्धको मुद्दा सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकेको छ।
सन्दीपको मुद्दा शिशिर ढकालको इजलासमा

काठमाडौं, पुस ८ : क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको नाबालिकामाथि बलात्कार सम्बन्धी मुद्दामा आज सुनुवाई हुँदैछ।

सन्दीप विरुद्धको मुद्दा सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकेको छ।

कात्तिक २३ गते न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो। बहस नोट पेश भइसकेपछि मुद्दा सुनुवाइका लागि फेरि पेशी तोकिएको हो।

करिव डेढ वर्षअघि सन्दीपमाथि बालिका बलात्कारको आरोप लागेको थियो। जिल्ला अदालतको आदेशबाट थुनामा परेका उनी उच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए।

सन्दीपको मुद्दाको फैसला छिटो गर्न सर्वोच्च अदालतले आदेश दिएपछि विभिन्न बहानामा मुद्दाको फैसला लामो समयदेखि हुन सकेको छैन।

प्रकाशित मिति: ११:५७ बजे, आइतबार, पुस ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्