Kathmandu Press

ललितपुरलाई हराउँदै काठमाडौं प्लेअफमा, झापा बाहिरियो

शनिबार साँझ दशरथ रंगशालामा भएको खेल १० खेलाडीमा समेटिएको कामठमाडौं ललितपुर सिटी एफसीलाई १–०ले हराउँदै एलिमिनेटरमा पुगेको हो।
ललितपुरलाई हराउँदै काठमाडौं प्लेअफमा, झापा बाहिरियो

काठमाडौं, पुस ७ : लिगको अन्तिम खेलमा जित निकाल्दै डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स नेपाल सुपर लिगको प्लेअफ पुगेको छ। शनिबार साँझ दशरथ रंगशालामा भएको खेल १० खेलाडीमा समेटिएको कामठमाडौं ललितपुर सिटी एफसीलाई १–०ले हराउँदै एलिमिनेटरमा पुगेको हो।

यता, पराजय भएपनि चौथो हुँदै ललितपुर पनि प्लेअफमा पुगेको छ । यता, ललितपुर पराजित भएसँगै झापा एफसी भने प्लेअफमा पुग्न सकेन्। उ पाँचौं स्थानमै सीमित भयो।

Hardik ivf

ललितपुर पराजित भएको फाइदा धनगढी एफसीलाई भयो। ऊ लिगमा दोस्रो हुँदै क्वालिफायरमा पुगेको छ। योसँगै उसले फाइनल पुग्ने २ मौका पाउने छ। धनगढीले क्वालिफायर १मा शीर्ष स्थानको पोखरा एफसीसँग खेल्नेछ।

यी दुईबीचको विजेता सिधै फाइलन पुग्ने छ भने पराजित टिमले फाइनल प्रवेशका ललितपुर र काठमाडौंबीचको एलिमिनेटरबीचको विजेतासँग खेल्नेछ।

लिगमा पोखरा १४ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको धनगढीको १२ अंक रह्यो। जितसहित तेस्रो स्थानमा पुगेको काठमाडौंको ११ अंक रह्यो भने लतिलपुर १० अंकसहित चौथो भयो। पाँचौं र छैठौं स्थानमा रहेका झापा र बुटबल लुम्बिनीको पनि समान १० अंक रह्यो।

काठमाडौंलाई जित दिलाउन आन्द्रेस नियाले गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। त्यही गोल नै निर्णायक बन्यो।

७५औं मिनेटमा काठमाडौं १० खेलाडमा समेटियो। ललितपुरका निखिल कदमलाई हेडबट गरेपछि काठमडौंमा अमित तामाङले सिधै रेडकार्ड पाएका थिए। त्यसपछि खेलमा फर्कन ललितपुरले थुप्रै प्रयास गरेपनि त्यो सफल हुन सकेन्।

प्रकाशित मिति: १९:२५ बजे, शनिबार, पुस ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्