Kathmandu Press

मच्छिन्द्रले जित्यो माइभ्याली गोल्डकपको उपाधि

काठमाडौं, फागुन २४ : माइभ्याली गोल्डकप उपाधि ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले जितेको छ। 

शनिबार इलामको टुँडिखेलमा भएको फा....

मच्छिन्द्रले जित्यो माइभ्याली गोल्डकपको उपाधि
फाइल

काठमाडौं, फागुन २४ : माइभ्याली गोल्डकप उपाधि ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले जितेको छ। 

शनिबार इलामको टुँडिखेलमा भएको फाइनलमा आयोजक माइभ्याली क्लबलाई १–० ले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो। यो मच्छिन्द्रको तेस्रो उपाधि हो भने दोस्रो नकआउट उपाधि। यसअघि मच्छिन्द्र फागुन दोस्रो साता झापामा शिवसत्ताक्षी गोल्डकप उपाधि जितेको थियो। 

प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रलाई जित दिलाउने क्रममा आन्द्रेस नियाले अतिरिक्त समयमा निर्णायक गोल गरे। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो।

उपाधिसँगै मच्छिन्द्रले ८ लाख रुपैयाँ प्राप्त गर्‍यो भने माइभ्यालीले ५ लाख रुपैयाँमा चित्त बुझायो। दुवै टिम पहिलो पटक फाइलन पुगेका हुन्। सेमिफाइनलमा मच्छिन्द्रले भारतका मानेञ्याङ क्लबलाई हराएको थियो भने माइभ्यालीले त्रिभुवन आर्मी क्लबलाई हराएको थियो।
 

प्रकाशित मिति: १८:३५ बजे, शनिबार, फागुन २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्