Kathmandu Press

स्वदेश फर्कियो नेपाली क्रिकेट टिम

काठमाडौं, फागुन २४ :  थाइल्यान्डमा भएको एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा सहभागी भएर नेपाली टिम स्वदेश फर्किएको छ। नेपाली टिम शनिबार द....

स्वदेश फर्कियो नेपाली क्रिकेट टिम

काठमाडौं, फागुन २४ :  थाइल्यान्डमा भएको एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगितामा सहभागी भएर नेपाली टिम स्वदेश फर्किएको छ। नेपाली टिम शनिबार दिउँसो स्वदेश फर्किएको हो। 

थाइल्यान्डमा नेपालले बिर्सन लायक प्रदर्शन गरेको थियो । एसिया कप टि–२० क्रिकेटको छनोटका रुपमा रहेको प्रतियोगितामा नेपालले ३ मध्ये १ खेल मात्र जितेको थियो। एक खेल भने वर्षाका कारण रद्द भएको थियो। 

उपाधि र एसिया कप छनोटमा स्थान बनाउने लक्ष्यसहित थाइल्यान्ड गएको नेपाली टिम खराब प्रदर्शन गर्दै प्रतियोगिताको पुछारमा रह्यो। 

प्रतियोगितामा खराब सुरुवात गरेको नेपाल पहिलो खेलमा मलेसियासँग अप्रत्यासित रुपमा २२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई ९ विकेटले पराजित गरेको थियो। 

अन्तिम खेलमा मलेसियालाई दुई विकेटले हराउँदै इस्टर्न रिजनको उपाधि हङकङले जितेको थियो। हङकङसँगै सिंगापुर एसिया कप छनोटमा पुगेका छन्। प्रतियोगितामा सिंगापुर र हङकङ दुवै अपराजित रहे। 
 

प्रकाशित मिति: १८:३० बजे, शनिबार, फागुन २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्