फाइनल प्रवेशका लागि काठमाडौं र महेन्द्रनगर भिड्दै
धनगढी, फागुन १०ः धनगढी प्रिमियर लिग (डिपिएल)को फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेड भिड्दै छन् ।
आज दिउसो १२ः३० बजे....

धनगढी, फागुन १०ः धनगढी प्रिमियर लिग (डिपिएल)को फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेड भिड्दै छन् ।
आज दिउसो १२ः३० बजे काठमाडौं र धनगढीको खेल शुरु हुने छ । पहिलो क्वालिफायरमा सीआईसी अत्तरियासँग पराजित भएपछि काठमाडौंले दोस्रो क्वालिफायर खेल्नु परेको हो ।
त्यस्तै, महेन्द्रनगर इलिमिनेटरबाट जित हासिल गर्दै क्वालिफायरमा पुगेको हो । महेन्द्रनगरले रुपन्देही च्यालेन्जर्सलाई एक रनले पराजित गरेको थियो ।
सीवाईसी अत्तरिया उसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । काठमाडौं र महेन्द्रनगरको विजेता भोलि अत्तरियासँग उपाधिका लागि भिड्ने छ ।
डिपिएल–३ मा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । विराटनगर किंग्स र धनगढी स्टार्स लिग चरणबाटै बाहिरि सकेका छन् ।











