Kathmandu Press

अघिल्लो शताब्दीको महामारी आजकोभन्दा खतरनाक

अहिले नयाँ कोरोना भाइरसले विश्वमा आतंक मच्चाएको छ। यसको उत्पत्ति हुनुअघि २१ औं शताब्दीमा अन्य महामारीले पनि हंगामा मच्चाएको थियो। तर अघिल्लो शताब्दीको तुलनामा उत्ति खत....

अघिल्लो शताब्दीको महामारी आजकोभन्दा खतरनाक

अहिले नयाँ कोरोना भाइरसले विश्वमा आतंक मच्चाएको छ। यसको उत्पत्ति हुनुअघि २१ औं शताब्दीमा अन्य महामारीले पनि हंगामा मच्चाएको थियो। तर अघिल्लो शताब्दीको तुलनामा उत्ति खतरनाक भने थिएन।

२१ औं शताब्दीका महामारी

सन् २०१३- २०१६ : इबोला

Hardik ivf

इबोला सन् २०१३ को डिसेम्बरमा पश्चिम अफ्रिकामा देखा पर्‍यो। दुई वर्षसम्म आतंक मच्चाएको इबोला महामारीले विशेषगरी गिनी, लाइबेरिया र सियरा लियोनमा ११ हजार तीन सयभन्दा धेरैको ज्यान लियो।

सन् १९७६ मा पहिलो पटक पहिचान गरिएको इबोला अन्य भाइरल रोगभन्दा संक्रामक भए पनि प्राण घातक छ। इबोला संक्रमितमध्ये करिब ४० प्रतिशतले ज्यान गुमाएका छन्। इबोला भाइरस सन् २०१८ मा कंगोमा फेरि देखियो। त्यहाँ हालसम्म २२ सयले ज्यान गुमाइसकेका छन्।

सन् २००९-२०१० : स्वाइन फ्लु

स्वाइन फ्लु वा एच १ एन १ भाइरसले १८ हजार पाँच सयको ज्यान लिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

स्वाइन फ्लु पहिलो पटक मेक्सिको र अमेरिकामा सन् २००९ को मार्चमा देखा परेको थियो। तर लान्सेटले स्वाइनबाट मर्नेहरूको संख्या एक लाख ५१ हजार सात सयदेखि पाँच लाख ७५ हजार चारसय हाराहामरीमा रहेको जनाएको छ।

जुन ११, २००९ मा महामारीको चेतावनी जारी गरिएको थियो। पछि अगष्ट १०, २०१० मा संकटको चेतावनी हटाइयो। भाइरस पहिले अनुमान गरिएजत्ति खतरनाक नभएको पाइयो। खोपको उत्पादन सुरू भयो। तर वार्षिक इन्फ्लुएन्जा महामारीले प्रत्येक वर्ष साढे दुई लाखदेखि पाँच लाख व्यक्तिको ज्यान लिइरहेको समयमा विशेषगरी युरोप र विश्व स्वास्थ्य संगठनले अनावश्यक प्रतिक्रिया जनाएको भन्दै आलोचना पनि भएको थियो।

सन् २००२- ३००३ : सार्स

सार्स पहिलो पटक नोभेम्बर २००२ मा दक्षिण चीनको ग्वाङदोङमा देखा पर्‍यो । सन् २००३ को मध्यतिर यो स्वास्थ्य संकट बन्यो। विशेषगरी एसिया आक्रान्त भयो।
सार्सले ७७४ जनाको ज्यान लियो जसमा पाँचमध्ये चारजना चीन र हङकङका नागरिक थिए। एक प्रकारको चमेरमाबाट व्यक्तिमा सरेको यो रोग करिब ३० ओटा देशमा फैलियो। रोगका कारण हुने मृत्यु दर ९.५ प्रतिशत थियो।

सन् २००३-२००४ : बर्ड फ्लु

यो खतरनाक एच५एन१ बर्ड फ्लुले दक्षिणपूर्वी एसियामा चार सयभन्दा धेरै व्यक्तिको ज्यान लियो। बर्ड फ्लु पहिलो पटक सन् २००३ मा देखा परेको थियो। व्यक्तिमा संक्रमण हुनुअघि हङकङको कुखुरा फारम सखाप पार्‍यो। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्यमा आपतकाल घोषणा गरे पनि मृतक भने सीमित नै रहे।

२० औं शताब्दीका ठूला महामारी

सन् १९८१ देखि आजसम्म: एड्स

युएन एड्सले जनाए अनुसार आधुनिक समयको सबैभन्दा खतरनाक महामारी नै एड्स हो। रोग प्रतिरोधात्मक क्षमता नष्ट गर्ने यो रोगले विश्वभरि तीन करोड २० लाखभन्दा धेरैको ज्यान लिइसकेको छ। यसमा व्यक्ति अवसरवादी संक्रमणको जोखिममा हुन्छ। आज दुई करोड ४५ लाख मानिस रेट्राभाइरल औषधिको पहुँचमा छन्। नियमित सेवन गरे रोग रोकथाम हुन्छ र संक्रमणको जोखिम पनि घटाउँछ।

सन् १९६८ १९७० : हङकङ फ्लु

युएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसि) ले जनाए अनुसार यो रोगका कारण करिब दश लाख व्यक्तिले ज्यान गुमाएका छन्।

सन् १९६८ को मध्य र सन् १९७० को प्रारम्भसम्म विश्वभरि संक्रमण भएको हङकङ फ्लुले विशेषगरी  बालबालिकाको ज्यान लियो। पहिलो पटक हङकङमा देखा परेको यो रोग एसियाँ हुँदै सन् १९६८ को अन्त्यसम्म अमेरिकासम्म पुग्यो। त्यसपछि थुप्रै महिनासम्म शान्त रहेपछि सन् १९६९ को अन्त्यतरि युरोपमा फैलियो।

तीव्र गतिको हवाइ यात्राले आधुनिक युगमा विश्वभर फैलाएको पहिलो रोग भनि महामारीका विशेषज्ञले हङकङ फ्लुलाई नाम दिएका छन्।

सन् १९५७- १९५८: एसियन फ्लु

सिडिसिले जनाए अनुसार एसियन फ्लुले ११ लाख व्यक्तिको ज्यान लिएको छ। यो महामारीले दुई पटक आक्रमण गर्‍यो। पहिलो पटक सन् १९५७ मा रोगको भाइरस दक्षिण चीनमा देखियो। त्यसको धेरै महिनापछि अमेरिका र युरोप पुग्यो। फोक्सोमा समस्या ल्याउने यो रोगबाट विशेष गरि पाका उमेरका व्यक्ति प्रभावित भए।

सन् १९१८-१९१९ : स्पेनिस फ्लु

पहिलो विश्वयुद्धको सुरूवातमा स्पेनिस फ्लुबाट विश्व जनसंख्याको ठूलो हिस्सा प्रभावित थियो। सिडिसीले जनाए अनुसार स्पेनिस फ्लुले पाँच करोड व्यक्तिको ज्यान लिएको छ।  सेप्टेम्बर १९१८ र अप्रिल १९१९ बीच आक्रमण गरेको स्पेनिस फ्लुलाई छोटो अवधिमा फैलिएको इतिहासकै सबैभन्दा खतरनाक रोग भनिन्छ।

पहिलो विश्वयुद्धभन्दा पाँच गुणा धेरै मानिस यही रोगका कारण मरे। पहिलो रोगी अमेरिकामा देखा परेको अभिलेखमा छ। त्यसपछि युरोप र विश्वका अन्य भागमा फैलिएको छ। रोगको मृत्यु दर २.५ प्रतिशत रहेको सिडिसीले जनाएको छ।
 

प्रकाशित मिति: ०६:४२ बजे, आइतबार, फागुन २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्