Kathmandu Press

सरकार असफल हुँदा प्रतिगमनको खतरा : प्रवक्ता श्रेष्ठ

काठमाडौं, फागुन २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई हरहालतले सफल बनाउन सबै लाग्नु पर्ने बताएका....

सरकार असफल हुँदा प्रतिगमनको खतरा : प्रवक्ता श्रेष्ठ

काठमाडौं, फागुन २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई हरहालतले सफल बनाउन सबै लाग्नु पर्ने बताएका छन्।

शनिबार ललितपुरमा प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको पहिलो भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले वर्तमान सरकार असफल भए कुनै न कुनै ढंगबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा उत्पन्न हुने बताए।

उनले सरकारलाई असफल बनाउन कतिपय पूँजीपति वर्ग तथा साम्राज्यवादी शक्तिहरु लागि परेको आरोप लगाए। ‘यो सरकारलाई असफल बनाउन गिद्धे नजरले हेर्दै केही लागि परिरहेका छन्। त्योप्रति हामी विशेष रुपमा सजग हुनुपर्नेछ,’ उनले भने।
 

प्रकाशित मिति: १६:२८ बजे, शनिबार, फागुन २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्