Kathmandu Press

झापालाई हराउँदै चितवनले छाड्यो पुछार, झापाको प्लेअफ सम्भावना संकटमा

शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा झापा एफसीलाई २–०ले हराउँदै चिवतनले पुछार छाडेको हो।
झापालाई हराउँदै चितवनले छाड्यो पुछार, झापाको प्लेअफ सम्भावना संकटमा

काठमाडौं, पुस ६ : लिगको अन्तिम खेलमा जित निकाल्दै एफसी चितवनले अंक तालिकामा आफूलाई पुछारबाट माथि उकासेको छ। शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा झापा एफसीलाई २–०ले हराउँदै चिवतनले पुछार छाडेको हो।

यो जितसँगै चितवन लगातार दोस्रो पुछारमा रहनबाट बचेको छ। ऊ ९ अंकसहित चितवन पुछारबाट पाँचौं स्थानमा उक्लिएको छ।

Hardik ivf

यता, चितवनसँगको यो हारले भने झापाको प्लेअफ सम्भावना कमजोर बनेको छ। आज बराबरी मात्रै निकालेको भए झापाको प्लेअफ पुग्ने सम्भावना  बढी थियो। जितले ऊ दोस्रो हुँदै क्वालिफायरमै पुग्ने थियो।

अब झापालाई प्लेअफ पुग्न भोलि हुने दुवै खेलको नतिजा आफू अनुकुल आउनुपर्नेछ। भोलि हुने ललितपुर एफसी र काठमाडौं रेजर्सबीचको खेलमा काठमाडौं पराजित या बराबरीमा रोकिनु पर्नेछ। अर्को बुटबल लुम्बिनी र वीरगञ्ज युनाइटेडबीचको खेलमा वीरगञ्जले अंक गुमाउनु पर्नेछ।

झापाविरुद्ध चितवनलाई जित दिलाउन दुवै गोल रफिक अमिनुले गरे। उनले खेलको सातौं मिनेटमा हेडिङमार्फत गोल गरेका थिए। पहिलो हाफमै अन्तिम समयमा झापाका समीराज थोकरको प्रहार किपरविट भइसकेको अवस्थामा पोस्टमा लागेर फर्किएको थियो।

पहिलो हाफमा दबाबमा परेको झापाले दोस्रो हाफमा भने उत्कृष्ट खेल पस्किएको थियो। उसले चितवनको पोस्टमा निरन्तर आक्रमण बुने पनि गोल भने गर्न सकेन। चितवनका गोलकिपर विशाल श्रेष्ठ ३ निश्चित गोलको अवसर बचाएका थिए।

७७औं मिनेटमा अमिनुले नै काउन्टरमा गोल गर्दै झापालाई स्तब्ध बनाएका थिए। ८१औं मिनेटमा झापाले खेलमा फर्किने मौका पायो, तर प्राप्त पेनाल्टीमा झापाका कप्तान अञ्जन विष्ट गोल गर्न चुके। उनको प्रहार विशाल श्रेष्ठले बताएका थिए।

प्रकाशित मिति: १९:२७ बजे, शुक्रबार, पुस ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्