Kathmandu Press

अब मोबाइल एपबाटै नाप नक्सासम्बन्धी काम हुने

पोखरा, फागुन २४ : नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेशन लञ्च गरेको छ। कार्यालयले तयार गरेको मोबाइल एपबारेमा तयार गरिएको भिडियो क्लिक गरेर शनिबा....

अब मोबाइल एपबाटै नाप नक्सासम्बन्धी काम हुने

पोखरा, फागुन २४ : नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेशन लञ्च गरेको छ। कार्यालयले तयार गरेको मोबाइल एपबारेमा तयार गरिएको भिडियो क्लिक गरेर शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सार्वजनिक गरेकी हुन्।

नापी विभागले आयोजना गरेको नाप नक्सा सम्बन्धी दुई दिने सिप विकास सम्बन्धी गोष्ठीको समापन गर्दै मन्त्री अर्यालले कास्कीले सुरू गरेको सेवा देशभर लागू गरिने बताइन्। मालपोतमा सेवा सुरू भइसकेको भन्दै उनले अब देशभर लागू गरिने बताइन्।

सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई जोड दिँदै जग्गा प्रशासनको सुधार गर्नका निम्ति अभियान थालेको भन्दै मन्त्री अर्यालले प्रविधिले छिटो छरितो सेवा लिन, सुशासनका निम्ति महत्वपूर्ण भूमिका खेलेको बताइन्। सेवामा प्रविधिको प्रयोगको रिजल्ट विस्तारै आउँदै गरेको भन्दै उनले छोटो समयमा काम सम्पन्न गरेर घर फर्कन सेवाग्राहीलाई सजिलो भएको बताइन्।
 
हिजोको शैलीले काम नहुने भन्दै मन्त्री अर्यालले हुने काममा ढिलासुस्ती पाच्य नहुने बताइन्। 

कास्कीले तयार गरेको मोबाइल एप विस्तार गरेर देशभर पुर्‍याइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए। प्रविधिको उच्चतम प्रयोग गर्दै अगाडि बढेको भन्दै महानिर्देशक जोशीले कार्यालयको छवि पनि सुधार गर्ने कार्यमा लागेको बताए। 
 
नापी कार्यालय कास्कीका कार्यालय प्रमुख-प्रमुख नापी अधिकृत खिमलाल गौतमले नेपालको भूमि प्रशासनमा शुद्धता ल्याउनका निम्ति नापी कार्यालय कास्कीले “नापी पोखरा, SOKP” मोबाइल एप तयार गरिएको जानकारी दिएश्नुर

नापी कार्यालय कास्कीबाट दिइने दैनिक सेवाहरु टोकन लिन, फर्म भर्न, कित्ताकाट, हाल साविक भिडाउन, नक्सा प्रिन्ट, नक्शा ट्रेस उतार, प्लट रजिष्टर उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल चेक र कित्ता एकीकरण एपमार्फत लिन सकिनेछ। एपमा कार्यालयबाट सेवा लिनका लागि आवश्यक विभिन्न निवेदनका ढाँचाहरु उपलब्ध छन्।
 

प्रकाशित मिति: १६:०० बजे, शनिबार, फागुन २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्