एपिएफको लगातार दोस्रो जित, सुदूपश्चिमले खोल्यो खाता

काठमाडौं, पुस ६ : काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपिएफले लगातार दोस्रो जित निकालेको छ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा एपिएफले मधेश प्रदेसलाई १० विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो।
जितका लागि पाएको ४१ रनको सामान्य लक्ष्य एपिएफले छैटौं ओभरमा भेट्टायो। सुरुमा पहिला ब्याटिङ गरेको मधेशले १९.२ ओभरमा अल आउट हुँदै ४० रन मात्र बनाएको थियो। यसअघि जित निकाल्दा एपिएफले सुदूरपश्चिमलाई हराएके थियो।
त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेर जितको खाता खोलेको छ। लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई ७२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।
मूलपानी मैदानमा जवाफी ब्याटिङमा उत्रेको सुदूरपश्चिमले ९ दशमलव ५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











