Kathmandu Press

एनएसएल : शीर्ष स्थानमा रहँदै पोखरा क्वालिफायर, धनगढी प्लेअफमा

लिगको अन्तिम खेलमा शुक्रबार धनगढी एफसीसँग बराबरी खेल्दै पोखरा शीर्ष स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरेको हो।
एनएसएल : शीर्ष स्थानमा रहँदै पोखरा क्वालिफायर, धनगढी प्लेअफमा

काठमाडौं, पुस ६ : पोखरा थन्डर्स जारी दोस्रो संस्करणको नेपाल सुपर लिगको क्वालिफायरमा प्रवेश गरेको छ। लिगको अन्तिम खेलमा शुक्रबार धनगढी एफसीसँग बराबरी खेल्दै पोखरा शीर्ष स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरेको हो।

लिगका ८ खेलमा ४ जित, ३ बराबरी र १ हारको सामना गरेको पोखरा १५ अंकसहित शीर्ष स्थानमा रह्यो। अब उसले फाइलन प्रवेशका लागि क्वालिफायर १मा लिगको दोस्रो हुने टिमसँग खेल्नेछ।

Hardik ivf

यता, पोखरासँगको बराबरीपछि धनगढी पनि लिगको शीर्ष चारमा रहने पक्का भएको छ। ८ खेलमा १३ अंकसहित धनगढी अहिले दोस्रो स्थानमा छ। तर, उसले क्वालिफायर खेल्छ वा एलिमिनेटर खेल्छ, त्यो भने झापा र ललितपुरको खेलमा भरपर्छ। अन्तिम खेलमा झापा र ललितपुर दुवैले अंक गुमाए धनगढी क्वालिफायरमा पुग्ने छ भने दुई मध्ये १ टिम विजयी भए ऊ एलिमिनेटरमा पुग्नेछ।

दशरथ रंगशालामा भएको खेलमा अग्रता भने धनगढीले लियो। ४२औं मिनेटमा मिलन राईले धनगढीलाई अग्रता दिलाए। उनले ओलावाले आफिजको पासमा गोल गरेका थिए।

जिततर्फ अग्रसर धनगढी निर्धारित समयको अन्तिम मिनेटमा गोल खाएपछि क्वालिफायरमा पुग्ने अवसर गुमायो। को थियो। पोखराका लागि ९०औं मिनेटमा मोइसेस ग्याम्बाले गोल गरेका थिए। जारी प्रतियोगितामा उनको यो पाँचौं गोल हो। त्यसपछि गोल नहुँदा खेल बराबरीमा सकियो।

 

 

प्रकाशित मिति: १५:५९ बजे, शुक्रबार, पुस ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्