Kathmandu Press

प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकी पहिलो जित दर्ता गर्न सफल

प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकी पहिलो जित दर्ता गर्न सफल

काठमाडौं, पुस ६ : काठमाडौं चलिरहेको प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले पहिलो जित दर्ता गरेको छ। आज (शुक्रबार) मूलपानीमा भएको खेलमा कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै गण्डकी पहिलो जित दर्ता गर्न सफल भएकाे हाे।

कर्णाली २० ओभरमा ६ विकेट गुमाएर मात्र ९७ रन बनाउन सक्यो। जितका लागि १४२ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि गौरी बोहराले २६ तथा तिर्सना विश्वकर्माले १९ रन बनाए। गण्डकीका तर्फबाट रचना चौधरीले २ तथा सुमन खतिवडा र ज्योत्सना मरासिनीले १/१ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको गण्डकीले ओपनर अञ्जली विश्वकर्मा र ज्योत्सनाको अर्धशतक मद्दतमा १४१ रन बनाएको थियो। १८ रन बनाउँदा ३ विकेट गुमाएको गण्डकीका अञ्जली र ज्योत्सनाले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।

अञ्जली ४८ बलमा ५१ रन बनाउँदै १६औं ओभरमा र ज्योत्सना ४० बलमा ५० रन बनाउँदै खेल सकिन ३ बल बाँकी छँदा आउट भइन्। कर्णालीका यमुना थारु र अञ्जु गुरुङले २/२ विकेट हात पारे भने रश्मि १ विकेट लिन सफल भइन्।

प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, पुस ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्