Kathmandu Press

ओपोकुको ह्याट्रिकमा काठमाडौंमाथि वीरगञ्जको जित, प्लेअफ सम्भावना कायमै

बिहीबार दशरथ रंगशालामा भएको खेलमा वीरगञ्जले ओपोकुको ह्याट्रिक मद्दतमा वीरगञ्जले काठमाडौं रेजर्समाथि ४–१को सानदार जित निकाल्यो।
ओपोकुको ह्याट्रिकमा काठमाडौंमाथि वीरगञ्जको जित, प्लेअफ सम्भावना कायमै

काठमाडौं, पुस ५ : विलियम ओपोकुको ह्याट्रिक मद्दतमा दोस्रो संस्करणको नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेड विजयी भएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा वीरगञ्जले ओपोकुको ह्याट्रिक मद्दतमा वीरगञ्जले काठमाडौं रेजर्समाथि ४–१को सानदार जित निकाल्यो।

वीरगञ्जको जितमा ओपोकुको ह्याट्रिकका अवाला सुनिल खड्काले पनि गोल गरे। काठमाडौंका लागि एनकुनगुए जुनियरले गोल गरेका थिए।

खेलमा अग्रता काठमाडौंले लियो। २०औं मिनेटमा एनकुनगुएले काठमाडौंलाई अग्रता दिलाए। पहिलो हाफमा वीरगञ्जमाथि निरन्तर दबाब बनाएको काठमाडौंमा ३७औं मिनेटमा अग्रता दोब्बर बनाउने सुन्दर अवसर खेर फाल्यो।

हिसुब थपलियालाई डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा काठमाडौंका सोखरुखले गोल गर्न सकेनन्। उनको प्रभार वीरगञ्जका गोलकिपर दीप कार्कीले बताए।

पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा वीरगञ्जले बराबरी गोल फर्कायो। काठमाडौंका आन्द्रेस नियाले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा ओपोकुले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफ दबाबमा खेलेको वीरगञ्जले दोस्रो हाफको सुरुआती १२ मिनेटमा ३ गोल गर्दै खेललाई पूर्णरुपमा आफ्नो पक्षमा पारेका थियो। ४६औं मिनेट सुनिलले गोल गर्दै टिमलाई खेलमा पहिलो पटक अग्रता दिलाए।

त्यसपछि ओपोगुले २ मिनेटमा २ गोल गर्दै जारी प्रतियोगिताकै पहिलो ह्याट्रिक पुरा गरे। उनले ५६औं मिनेटहमा सुशील लामाको कर्नरमा हेडिङमार्फत गोल गरेका थिए भने ५७औं मिनेटमा सुशीलकै लामो पासमा काठमाडौंका किपर अगाडि बढेको फाइदा उठाउँदै ३० यार्डबाट उत्कृष्ट फिनिसिङ गरेका थिए।

यो जितसँगै वीरगञ्जको पनि प्लेअफ सम्भावना जीवित भएको छ। ऊ ८ अंकसहित तालिको पाँचौं स्थानमा उक्लिएको छ। अब उसलाई प्लेअफ पुग्न अन्तिम खेलमा जित निकाल्नु पर्ने छ भने काठमाडौं कम्तिमा बराबरीमा रोकिए वा झापा पाराजित हुनुपर्नेछ।

यता, यो पराजायले भने काठकाडौं दबाबमा परेको छ। यो उसको लगातार दोस्रो हार हो। अब उसलाई प्लेअफ पुग्न अन्तिम खेलमा लतिलपुरलाई हराउनै पर्नेछ।

प्रकाशित मिति: २०:०२ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्