Kathmandu Press

पोखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सव हुने

पोखराको लेक साईड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवानले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै २५ औ पोखरा सडक महोत्सवको तयारी भइरहेको महोत्सबका संयोजक विश्व राज पौडेलेले जानकारी दिए।
पोखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सव हुने

चितवन, पुस ५ : पर्यटकीय सुन्दर नगरी पोखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सब २०२३–२०२४ आयोजना हुने भएको छ।

पोखराको लेक साईड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवानले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै २५ औ पोखरा सडक महोत्सवको तयारी भइरहेको महोत्सबका संयोजक विश्व राज पौडेलेले जानकारी दिए।

Hardik ivf

उक्त अबसरमा आन्तरीक तथा बाह्य पर्यटकलाई अग्रेजी नया बर्षको गन्तब्य स्थलको रुपमा प्रबर्धन गर्न यही पुष १२ देखि १६ गते सम्म पोखराको लेक साईडको करीब ३ किलोमिटर सम्म महोत्सव हुँदैछ।

सडकमा नै खाउ सडकमा नै रमाउ भन्ने नाराका साथ आयोजना भई रहेको महोत्सबको मुख्य आकर्षण विभिन्न जातजातिको सास्कृतिक कार्यक्रम मौलिक भेषभुषा प्रदर्शनका साथै बिभिन्न प्रदर्शनी गरिने उहाले बताए।

महोत्सवमा बालबालिकाहरुका लागि चित्रकला र पोखराको बिभिन्न साहासिक खेलकुदहरुको डकुमेन्ट्री प्रदर्शनका साथै पोखार विभिन्न पर्यटकीय गन्तब्यहरु प्रवर्धन गर्ने कार्यक्रम रहेको संयोजक पौडेलले बताए।

नेपालमा नै परुक महोत्सबको रुपमा रहेको पोखरा सडक महोत्सबमा ५ लाख पर्यटक भित्राउने लक्ष्य रहेको छ। 

प्रकाशित मिति: १६:४७ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्