Kathmandu Press

टर्कीमा संसद बैठकमै सांसदहरुबीच कुटाकुट 

काठमाडौं, फागुन २४ : टर्कीको संसद बैठकमै कुटाकुट भएको छ । राष्ट्रपतिको आलोचना गरेपछि टर्कीका एक सांसदले संसदभिदै गोदाइ खाएका हुन् ।

संसद बैठ....

टर्कीमा संसद बैठकमै सांसदहरुबीच कुटाकुट 
Hardik ivf

काठमाडौं, फागुन २४ : टर्कीको संसद बैठकमै कुटाकुट भएको छ । राष्ट्रपतिको आलोचना गरेपछि टर्कीका एक सांसदले संसदभिदै गोदाइ खाएका हुन् ।

संसद बैठकमा विपक्षी दलका सांसदले राष्ट्रपति रिसेप एर्दोगानको आलोचना गरेपछि सांसदहरुबीच बिहिबार विवाद भएको थियो । सांसद एन्जिन ओजकोकले सिरियाको इडलिबमा गत साता मारिएका ३४ सैनिकको अपमान गरेको भन्दै राष्ट्रपति एर्दोगानको कडा आलोचना गरेपछि संसदभित्रै पिटिएका हुन् ।

ओजकोकले राष्ट्रपतिलाई एर्दोगानलाई ‘बेइमान, अज्ञानी, नीच र विश्वासघाती’ भनेका थिए । उनले राष्ट्रपतिबारे बोलेपछि केही सांसदले ओजकोकमाथि मुड्की प्रहार गरे । केहीले झगडा रोक्न खोजिरहेका थिए, झगडाको क्रममा कतिपय सांसदहरु भुइँमै लडेका दृश्य टर्कीको टेलिभिजन हाबरर्तुकले देखाएको थियो । राष्ट्रपतिको आलोचना गर्ने ओजकोक रिपब्लिकन पिपल्स पार्टीका सांसद हुन्।

प्रकाशित मिति: ०७:१५ बजे, शनिबार, फागुन २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्