Kathmandu Press

लक्जमबर्ग: नि:शुल्क सार्वजनिक यातायात भएको पहिलो देश

लक्जमबर्ग सार्वजनिक यातायात नि:शुल्क उपलब्ध गराउने पहिलो देश बनेको छ। 

युरोपेली संघको यो सानो र धनी देशले आर्थिक रूपमा कमजोर कामदारलाई सहयोग गर्न र सडकक....

लक्जमबर्ग: नि:शुल्क सार्वजनिक यातायात भएको पहिलो देश

लक्जमबर्ग सार्वजनिक यातायात नि:शुल्क उपलब्ध गराउने पहिलो देश बनेको छ। 

युरोपेली संघको यो सानो र धनी देशले आर्थिक रूपमा कमजोर कामदारलाई सहयोग गर्न र सडकको ट्राफिक घटाउनलाई यस्तो निर्णय गरेको हो।

अन्यत्रका केही शहरले पनि उस्तै र आंशिक उपायहरू अवलम्बन गरेका छन्। पुरै देशमै यस्तो व्यवस्था लागु भएको यो नै पहिलो पटक भएको यातायात मन्त्रालयले जनाएको छ।

Hardik ivf

नि:शुल्क यातायातलाई महत्वपूर्ण सामाजिक उपाय बताइएको छ। यसले अन्दाजी ४० प्रतिशत घरधुरी लाभान्वित हुनेछन्। प्रत्येकले वर्षमा सय युरो बचत गर्ने अनुमान गरिएको छ।

योजना गरिएभन्दा एक दिन पहिले नै कार्यान्वयन गरिएको यो परिवर्तनबारे सबै यात्रु जानकार थिएनन्। “पैसा नलाग्ने? मलाई थाहा थिएन,” लक्जमबर्गको मुख्य ट्रेन स्टेशनमा पर्खिरहेकी डोमिनिकले भनिन्। उनको उमेर ५० को दशकमा छ।

यातायात क्षेत्रका कामदार यो परिवर्तनले उनीहरूको रोजगार सुरक्षामा पर्ने प्रभावलाई लिएर चिन्तित थिए।

नाम बताउन नचाहने स्टेशनमै कार्यरत एक जना टिकट विक्रेताले भने,“ उनीहरूको पद के हुन्छ हामीलाई अहिलेसम्म थाहा छैन। सार्वजनिक यातायातका सबै कामदार चिन्तित छन्। अझै प्रष्ट भएको छैन।”

ट्राफिकको समस्या

ट्राफिक घटाउनु योजनाको अर्को उद्देश्य हो। ग्रान्ड डचीमा निजी कार सबैभन्दा धेरै प्रयोग हुन्छ।

कामका लागि ४७ प्रतिशत र मनोरञ्जनका लागि ७१ प्रतिशत सवारी साधन कार नै प्रयोग हुन्छ। छिमेकी देश फ्रान्स, जर्मनी र बेल्जियममा बस्ने दुई लाखभन्दा धेरै लक्जमबर्गमा काम गर्छन्। उनीहरू आफ्नै सवारी साधन लिएर लक्जमबर्ग आउँछन्। पिक समयमा ट्राफिक जाम हुने महत्वपूर्ण कारण यही हो।

यो सानो देशको जनसंख्या मात्रै ६,१०,००० छ। कुल कर्मचारीको आधा सीमापारिबाट आउँछन्। लक्जमबर्गको राजधानीले सार्वजनिक यातायातको सञ्जालमा लगानी गरेको छ। ट्राम सञ्जाल सबैभन्दा उल्लेखनीय छ तर यात्रुवर्ग भने सन्तुष्ट छैनन्। सञ्जाल उत्तरी विमानस्थलसँग जोडिनलाई केही वर्ष लाग्नेछ।

“सार्वजनिक यातायातको विकासमा निकै ढिलाइ भएको छ,” लक्जमबर्ग इकोलोजिकल मुभमेन्टका प्रमुख ब्लान्च वेबरले भने। 

यातायातमन्त्री फ्रान्स्वाँ बाउसले भने,“सार्वजनिक यातायातको आकर्षण प्रवर्द्धन गर्नलाई प्रणालीगत र निरन्तर लगानी एउटा शर्त हो।” घरेलु सञ्जालमा टिकट विक्रीले यातायात प्रणालीको सञ्चालनमा लाग्ने ५० करोड युरोको मात्रै आठ प्रतिशत लागत उठायो। प्रति यात्रा यहाँ दुई युरो लाग्छ। यसलाई राज्यको ढुकुटीबाट पूरा गरिनेछ।

स्टेशनबाट टिकट मेसिन पनि क्रमिक रूपमा हटाइँदैछ। तर अन्तर्राष्ट्रिय रेल यात्रा र लक्जमबर्गको फर्स्ट क्लास टिकट विक्री गर्ने कार्यालय भने बन्द हुने छैनन्। 
 

प्रकाशित मिति: ०६:४० बजे, शनिबार, फागुन २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्