Kathmandu Press

धनगढीमाथिको जितसँगै झापाको प्लेअफ सम्भावना कायमै

बुधबार साँझा दशरथ रंगशालामा भएको खेलमा झापाले लिगमा अपराजित रहेको एकमात्र टिम धनगढी एफसीलाई २–०ले हरायो।
धनगढीमाथिको जितसँगै झापाको प्लेअफ सम्भावना कायमै

काठमाडौ, पुस ४ : काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसी विजयी भएको छ।

बुधबार साँझा दशरथ रंगशालामा भएको खेलमा झापाले लिगमा अपराजित रहेको एकमात्र टिम धनगढी एफसीलाई २–०ले हरायो।

Hardik ivf

यो जितपछि झापाको प्लेअफ पुग्ने सम्भावना कायमै रहेको छ। अझ ७ खेलमा १० अंकसहित चौथो स्थानमा उक्लिएको छ। अब उसलाई प्लेअफमा पुग्न अन्तिम खेलमा चितवन एफसीलाई हराउनुपर्ने छ भने धनगढी, ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले १ खेलमा अंक गुमाउनु पर्ने छ।

यता, जारी लिगमा धनगढीको यो पहिलो हार हो। ऊ ७ खेलमा १२ अंक सहित दोस्रो स्थानमा छ। उसलाई पनि प्लेअफ पुग्ने अन्तिम खेलमा जित आवश्यक छ। उसले अन्तिम खेल शीर्ष स्थानको पोखरा थन्डर्ससँग खेल्नेछ। जितले ऊ प्लेअफ पुग्ने छ भने हार वा बराबरीले उसको सम्भावना कायमै रहन्छ।

पोखरासँग बराबरी खेले झापा, ललितपुर र काठमाडौं मध्ये १ टिमले बाँकी एक खेलमा अंक गुमाउने पर्नेछ। धनगढी पराजित भएपछि उसलाई प्लेखफ पुग्न झापा, ललितपुर र काठमाडौं मध्ये १ एक टिम बाँकी खेलमा पराजित हुनुपर्नेछ।

झापालाई जित दिलाउन कप्तान अञ्जन विष्ट र समिराज थोकरले गोल गरे। झापाले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

५३औं अञ्जनले झापालाई सुरुआती अग्रता दिलाए। उनले छिरिङ लामाको क्रसमा हेडिङमार्फत गोल गरेका थिए। ७६औं मिनेटमा समिराजले टिमको अग्रता दोब्बर बनाए। जोर्ज सान्चेज कानिलासको प्रहारलाई गोल लाइनबाट फिनिसिङ टच दिएका थिए।

७९औं मिनेटमा झापा १० खेलाडीमा समेटियो। खराब ट्याकल गरेपछि उसका धिरज थाजलीले सिधै रातो कार्ड पाएका थिए।

प्रकाशित मिति: २०:०४ बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्