गच्छदार समूहका ११ जना नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं, फागुन २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।<....

काठमाडौं, फागुन २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।
शुक्रबार देउवाले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ (१०) (ग) बमोजिम तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जना सदस्यलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।
तत्कालीन नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठित उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिको सिफारिसमा उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पाैडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
को-को परे केन्द्रीय समितिमा ?












