सरकारले सीमा नाकामा थप निगरानी बढाउने
काठमाडौं, फागुन २३ : सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीन र भारतसँग जोडिएका सीमा नाकामा आवतजावत गर्नेमाथि थप निगरानी बढाउने भएको छ।
....
काठमाडौं, फागुन २३ : सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीन र भारतसँग जोडिएका सीमा नाकामा आवतजावत गर्नेमाथि थप निगरानी बढाउने भएको छ।
गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बैठकले सीमा नाकामा आवतजावत गर्नेमाथि थप निगरानी बढाउने निर्णय गरेको हो।
बैठकमा गृहमन्त्री थापाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्वतयारी स्थितिमा रहन पनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएका थिए।
बैठकले माक्स लगायत दैनिक अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने निर्णय गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए। उनका अनुसार गृह मन्त्रालयले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिसँग समन्वय गरेर काम गर्नेछ।
बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा, गृहसचिव लगायत सहभागी थिए।











